शुक्रबार, साउन २९, २०८३

यस्तो छ स्थानीय निर्वाचनका लागि एमालेको अपिल [पूर्णपाठसहित]

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशको सरकारलाई जनादेशबाट जवाफ दिन अपिल गरेका छन्।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'परमादेशको सरकारलाई जनादेशबाट जवाफ दिन' अपिल गरेका छन्।

स्थानीय तह निर्वाचनमा एमालेको ६७ बुँदे संकल्पसहित जनतालाई अपिल गर्दै अध्यक्ष ओलीले संविधानको अपब्याख्या गरेर एमालेलाई सत्ता बाहिर लगिएकाले जनादेशबाट परमादेशको सरकारलाई जवाफ दिनुपर्ने बताएका हुन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै ओलीले जनादेश भन्दा ठूलो परमादेश नहुने बताए। वहुदलीय व्यवस्था स्थापनापछिको ३० वर्षमा अधिकांश समय  कांग्रेसले शासन गरेको पनि मुलुकमा परिवर्नको प्रत्याभूति दिलाउन नसकेको उनको जिकिर छ।

यसका साथै ओलीले कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गरेको आरोप लगाएका छन्। ओलीले सुशान र विकासको मार्गमा तीव्रगतिमा अघि बढिरहेको मुलुकलाई कांग्रेसले व्यवधान खडा गरेर यथास्थितिमा राख्न खोजेको आरोप लगाए।

उनले कांग्रेसले संसदीय शासन प्रणालीको आदर्शको उपहास गरेको बताए। राष्ट्रिय एकतालाई कमजोर पार्ने,  कुनै नाममा अखण्डता अपमान गर्ने र देशभक्तिलाई होच्याउने कुरा नेकपा एमालेले कुनै पनि हालतमा स्वीकार नगर्ने भन्दै ओलीले एमाले मात्र मजबुत पार्टी भएको दाबी गरे।

प्रकाशित: May 08, 2022| 12:26 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...