शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रेनुलाई कृष्णभक्तको प्रश्न : गर्दै नगरेको काम गरेँ भन्न अप्ठ्यारो लाग्दैन?

रेनुलाई कृष्णभक्तको प्रश्न : गर्दै नगरेको काम गरेँ भन्न अप्ठ्यारो लाग्दैन?

नेकपा एमालेका नेता एवं चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले रेनु दाहाललाई गर्दै नगरेको काम गरे भन्न लाज लाग्दैन भन्दै प्रश्न गरेका छन्।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

काठमाडौं- नेकपा एमालेका नेता एवं चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले रेनु दाहाललाई गर्दै नगरेको काम गरे भन्न लाज लाग्दैन भन्दै प्रश्न गरेका छन्।

भरतपुर महानगरकी निवर्तमान मेयर तथा हालकी उम्मेदवार दाहालले आफूले गर्दै नगरेका काम पनि गरेको भन्दै चुनावी प्रचार गरेको उनको आरोप छ।

एमाले भरतपुर महानगरपालिका १२ नम्बर वडा कमिटीको एक कार्यक्रममा बोल्दै पोखरेलले कतिपय हुँदै नभएको कामको प्रचार गरेर रेनुले जस लिन खोजेको उनले बताए।

उनले केपी ओली सरकारले पठाएको बजेटबाट हुँदै गरेको कामको जससमेत लिएर प्रचारमा उत्रिएको देख्दा आफू आश्चर्यमा परेको बताए।

‘सिटी हल, गोन्द्राङ–पुल्चोक सडक स्वयं तत्कालीन प्रधानमन्त्री ओली आफै आएर संघीय  सरकारको बजेटमा काम अघि बढिरहेको होइन? रिङ रोड बनाएँ भनेर प्रचार गरेको सुन्छु, यहीँ १२ नम्बर वडामा कहाँ छ रिङरोड? गर्दै नगरेको हुँदै नभएको काम गरे भनेर प्रचार गर्न अप्ठ्यारो लाग्दैन?’, पोखरेलले प्रश्न गरे। 

पछिल्लो पाँच वर्ष भरतपुर महानगरको व्यर्थ बितेको नेता पोखरेलले बताए। एमाले मेयर उम्मेदवार विजय सुवेदीको जीत सुनिश्चित रहेको बताउँदै उनले अब एमालेको अगुवाइमा भरतपुर महानगरको समृद्धि अभियान अघि बढ्ने उल्लेख गरे।

प्रकाशित: May 08, 2022| 12:35 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...