काठमाडौं- सत्ता गठबन्धनले जनकपुरधाममा आज आयो गर्ने चुनावी सभामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नजाने भएका छन्।
कार्यव्यस्तताका कारण नेपाल चुनावी सभामा सहभागी नहुने एकीकृत समाजवादी मधेस प्रदेश समितिले जनाएको छ।
जनकपुरधाम उपमहानगरपालिकामा भएको भागबन्डामा एकीकृत समाजवादीले मेयर, उपमेयरका साथै वडाध्यक्ष पनि पाएको छैन। जसले गर्दा उ रुष्ट बनेको बताइएको छ।
उपमहानगरमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवार नै नभएकाले पनि चुनावी सभामा अध्यक्ष नेपाल नआउने स्रोतले जनाएको छ।