मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अस्थिरता सिर्जना गर्न ओलीलाई निमित्त नायक बनाइँदै छ : रामचन्द्र पौडेल

अस्थिरता सिर्जना गर्न ओलीलाई निमित्त नायक बनाइँदै छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा राजनीतिक स्थायित्व हुन नदिन केपी शर्मा ओलीलाई निमित्त नायक बनाएको आरोप लगाएका छन्।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९

रुपन्देही- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा राजनीतिक स्थायित्व हुन नदिन केपी शर्मा ओलीलाई निमित्त नायक बनाएको आरोप लगाएका छन्। उनले नेपालमा अस्थिरता सिर्जना गर्न विभिन्न कोणबाट षड्यन्त्र भइरहेको आरोप लगाएका हुन्।

National life

सत्तारुढ गठबन्धनका तर्फबाट बुटवलमा शनिबार आयोजना गरिएको पाँच दलीय गठबन्धनलाई सम्बोधन गर्दै उनले संविधान, संसदीय व्यवस्था, गणतन्त्रविरुद्ध ओलीलाई अघि सारिएको बताए।

ओलीले दे‍शमा विखण्डन सिर्जना गर्न खोजेको आरोप लगाउँदै नेता पौडेलले संसदलाई विघटन गर्ने, अवरुद्ध गर्ने उनलाई  जनताले संसदमा पुग्नबाटै रोक्नुपर्ने बताए।

उनले बुटवलमा सुकुम्बासी समस्या समाधान, बाढी समस्या समाधान गर्न गठबन्धनले पहल गर्ने बताए। बुटवललाई स्मार्ट सिटीको रुपमा विकास गर्नुपर्ने उनको धारणा छ।

प्रकाशित: May 07, 2022| 13:37 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...