शुक्रबार, साउन २९, २०८३

सत्ता गठबन्धनको जनकपुरको सभामा विमलेन्द्र निधि सहभागी नहुने

गठबन्धनको सभामा केन्द्रीय वक्ताको रुपमा आफ्नो नाम नराखिएको बताउँदै नेता निधिले आफू चुनावी सभामा सहभागी नहुने बताएका हुन् । धनुषा निधिको आफ्नै गृहजिल्ला हो।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९

काठमाडौं-  सत्तारुढ दलहरूको चुनावी गठबन्धनले आज जनकपुरमा चुनावी सभा गर्ने भएकाे छ। तर, जनकपुरमा हुने चुनावी सभालाई कांग्रेस नेता विमलेन्द्र निधिले भने बहिष्कार गर्ने भएका छन्।

गठबन्धनको सभामा केन्द्रीय वक्ताको रुपमा आफ्नो नाम नराखिएको बताउँदै नेता निधिले आफू चुनावी सभामा सहभागी नहुने बताएका हुन् । धनुषा निधिको आफ्नै गृहजिल्ला हो।

जनकपुरमा हुने कार्यक्रम छोडेर नेता निधि धरानको चुनावी  सभामा सहभागी हुन लागेका छन्।

पार्टीको केन्द्रीय वक्ताको रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, सहमहामन्त्रीद्वय भिष्मराज आङदेम्बे र महेन्द्र यादवको नाम राखेको छ।

प्रकाशित: May 07, 2022| 12:15 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...