शुक्रबार, साउन २९, २०८३

बलेफीमा एमाले उम्मेदवारमाथि आक्रमण

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-७ मा एमालेबाट वडा सदस्यका उम्मेदवार बनेका लेखबहादुर तामाङमाथि आक्रमण भएको छ।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-७ मा एमालेबाट वडा सदस्यका उम्मेदवार बनेका लेखबहादुर तामाङमाथि आक्रमण भएको छ। 

उनीमाथि कांग्रेस वडा सभापति नीरबहादुर तामाङ नेतृत्वको समूहले आक्रमण गरेको एमालेको आरोप छ।

शनिबार राति सभाचौरस्थित आफ्नै घरमा सुतिरहेका तामाङमाथि वडा सभापति तामाङ र शेरबहादुर तामाङले आक्रमण गरेको बलेफी एमालेले जनाएको छ। 


राति करिब १० बजेतिर घरमै आइ कांग्रेस कार्यकर्ताले कुटपिट गरेको एमालेको आरोप छ। कुटपिटबाट तामाङ घाइते भएका छन्।

प्रकाशित: May 08, 2022| 09:04 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...