शुक्रबार, साउन २९, २०८३

चितवनमा आज एमालेको चुनावीसभा, ओलीले सम्बोधन गर्ने

नेकपा एमाले चितवनको आयोजनामा आज चुनावी सभा हुँदैछ।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

काठमाडौं- नेकपा एमाले चितवनको आयोजनामा आज चुनावी सभा हुँदैछ। नारायणगढको क्याम्पाचौरमा दिउँसो १२ बजेदेखि सुरु हुने चुनावी सभालाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन्।

नेकपा एमालेको जनसभा र चुनावी तयारीबारे जानकारी दिने उद्देश्यले एमालेको जिल्ला प्रचार विभागले शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरेर चुनावी सभाको तयारी पूरा भएको जनाइएको थियो।

सभामा भरतपुर महानगरका २९ वटै वडाबाट कार्यकर्ता उपस्थित हुने एमाले चितवनले जनाएको छ। सभालाई एमाले उपाध्यक्ष राम बहादुर थापा वादल, सुरेन्द्र पाण्डेलगायतका नेताहरूले सम्बोधन गर्नेछन्।

प्रकाशित: May 08, 2022| 08:06 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...