मंगलबार, असार ९, २०८३

कांग्रेस देशलाई उल्टो बाटोमा हिँडाउँदै छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले देशलाई उल्टो बाटोमा हिँडाएको आरोप लगाएका छन्।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले देशलाई उल्टो बाटोमा हिँडाएको आरोप लगाएका छन्।

National life

पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै कमजोर तत्त्वलाई लिएर नेपाली कांग्रेसले उल्टो बाटोमा हिँडिरहेको ओलीले आरोप लगाए। 

‘कांग्रेसको षड्यन्त्रले चरम उत्कर्षको रूप लियो। कांग्रेसले सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्य बोधमा कमजोर रहेका तत्त्वहरूलाई खोज्ने र त्यस्ताको साथ, सहयोग लिएर राजनीतिक र देशको हितका सम्बन्धमा उल्टो बाटो समात्ने काम गर्‍यो,’ ओलीले भने।

यसका साथै कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गरेको ओलीको आरोप छ। संसदीय मूल्य र मान्यतालाई नै कुल्चिएर कांग्रेसले संसद्ले सरकार निर्माण गर्ने संसदीय शासन प्रणाली तथा आदर्शको उपहास गरेको उनले बताए।

प्रकाशित: May 08, 2022| 11:45 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...