उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदानसँगै चुनावी माहोल थप गर्माएको छ। १२ दिनपछि मतदान छ। दलहरू प्रचारमा होमिएका छन्। उम्मेदवार मतदातासामु पुगिरहेका छन्।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले शुक्रबार चीनको पुँजीको स्वस्थ विकासलाई कानुन बमोजिम नियमन र मार्गदर्शन गर्नका लागि प्रयास गर्न आह्वान गरेका छन्।
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएपछि हालसम्मको चुनावी गतिविधिको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक चलिरहेको छ।
वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि देशभर आठ हजार उम्मेदवारी फिर्ता भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले शुक्रबार बेलुका ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको थियो।
२०७० सालको प्रतिनिधिसभा चुनावमा तत्कालीन पार्टी सभापति शुशील कोइरालाविरुद्ध नै बागी उम्मेदवारी परेको थियो। पार्टीकै पूर्व जिल्ला सभापति रहेका नेता विकास कोइरालाले बागी उम्मेदवारी दिएर कारबाही भोगका थिए।
निर्वाचन आयोगले भरतपुर महागरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले भुइँकटहर निर्वाचन चिह्न पाएका छन्। उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले उक्त निर्वाचन चिह्न प्रदान गरेको हो।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि कांग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिबीचको पवित्र भन्दै एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको आरोप लगाएका छन्।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा ११० जनाको उम्मेदवारी फिर्ता भएको छ। विभिन्न पार्टी र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका ११० जनाले आज उम्मेदवारी फिर्ता लिएका हुन्।