सोमबार, साउन २५, २०८३

प्रस्तावित स्थलमै निजगढ विमानस्थल बन्छ : प्रधानमन्त्री देउवा

सर्वोच्च अदालतको फैसलाअनुसार वातावरणीय क्षति कम हुने गरी मुलुककै गौरवको आयोजना निजगढ विमानस्थल निर्माण गरिने प्रधानमन्त्री देउवाको प्रतिबद्धता।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित स्थलमै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताएका छन्। सर्वोच्च अदालतको फैसलाअनुसार वातावरणीय क्षति कम हुने गरी निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने उनले प्रतिबद्धता जनाएका हुन्।

सत्ता गठबन्धनका शीर्ष नेतासहित शनिबार प्रस्तावित निजगढ विमानस्थल क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री देउवासहितको टोली बारा पुगेको छ।

प्रधानमन्त्री देउवाले विमानस्थल निर्माणका लागि विज्ञसँग छलफल भइरहेको जानकारी दिए।

दुई वटा रनवेसहितको विमानस्थल कम क्षतिमा जसरी पनि निर्माण गरिने उनले बताए।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अदालतको फैसलाले विमानस्थल निर्माणमा रोक नलगाएको धारणा व्यक्त गरे।

सर्वोच्चबाट विमानस्थल अवरूद्ध गर्ने कुनै आदेश नआएको स्पष्ट पार्दै विमानस्थल बनेरै छोड्ने उनको भनाइ छ।

नेकपा एसका अध्यक्ष मावधकुमार नेपालले पनि निजगढमै विमानस्थल बनाउने विषयमा अदालतको फैसलाले बाटो खुलेको बताए।

प्रकाशित: Jul 02, 2022| 13:39 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...