सोमबार, साउन २५, २०८३

लोसपा केन्द्रीय कार्यकारिणी बैठक बस्दै

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्दैछ।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्दैछ। 

आजको बैठकमा शनिबारको बैठकमा प्रस्तुत एजेण्डामध्ये पार्टी विधानका विषयमा छलफल हुने कार्यकारिणी सदस्य जितेन्द्र सोनलले जानकारी दिए।

पार्टी विधानको बारेमा छलफल जारी रहेको र आजको बैठकमा त्यसमा नेताहरूले आ–आफ्नो धारणा राख्ने उनले बताए।

बैठकमा संगठन निर्माण, केन्द्रीय समिति, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माण, आगामी प्रदेश र संघको निर्वाचनलगायत एजेण्डामा पनि छलफल हुनेछ।

प्रकाशित: Jul 03, 2022| 08:13 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...