आइतबार, असार ७, २०८३

माओवादी केन्द्रीय कमिटी बैठकका ९ एजेन्डा

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबार काठमाडौंमा सुरु भएको छ। प्रज्ञा भवन कमलादीमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यसूचीबारे जानकारी गराएका छन्।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबार काठमाडौंमा सुरु भएको छ। प्रज्ञा भवन कमलादीमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यसूचीबारे जानकारी गराएका छन्।

National life

बैठकमा नयाँ सदस्यहरुको सपथ ग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध गरी नौ एजेण्डामा छलफल हुनेछ।

बैठकका एजेण्डामा थप्ने घटाउने केही भए धारणा राख्न प्रचण्डले मौका दिएका थिए। तर सुझाव नआएपछि यी एजेण्डा पास भएका छन्।

तीन दिन चल्ने बैठकमा स्थायी कमिटी, पोलिटब्युरो कमिटी र पदाधिकारी चयन गर्ने एजेन्डा भएकाले यसलाई चासोका साथ हेरिएको छ।  माओवादी केन्द्रको पदाधिकारी चयनमा पनि धेरैको चासो छ। विशेष गरी माओवादी केन्द्रमा महासचिवको जिम्मेवारी कसले पाउने भन्नेमा सर्वत्र चासो छ। 

महासचिव दाबी गरिरहेका जनार्दन शर्मा र वर्षमान पुन दुवै प्रचण्ड निकट भएका कारण उनलाई निर्णय गर्न अप्ठ्यारो परिरहेको छ। महाधिवेशन भएको  ६ महिना नाघिसक्दा पनि माओवादीमा पदाधिकारीको टुंगो लाग्न सकेको छैन।

Shivam cement
माओवादी केन्द्रीय कमिटी बैठकको एजेन्डामा बहुचर्चित एमसीसी भने परेको छैन। १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी संसद्बाट अनुमोदन भएपछि नारायणकाजी श्रेष्ठसहितका नेताहरुले तीव्र असन्तुष्टि जनाएका थिए। श्रेष्ठ समूहमा छुट्टै पार्टी बनाउने विषयमा समेत छलफल हुन थालेपछि प्रचण्डले स्थानीय चुनावपछि २० जेठमा केन्द्रीय कमिटी बैठक बोलाउने, एमसीसीबारे बहस गर्ने र फरक मत आए तल्लो तहसम्म लगेर छलफल गर्न दिने सहमति गरेका थिए।

२० जेठको बैठक पटकपटक सर्दै आजदेखि सुरु भएको छ। तर एमसीसी एजेन्डामा परेको छैन। प्रचण्डले अघि सारेको ९ बुँदे एजेन्डालाई नारायणकाजीहरुले पनि ताली बजाएर पारित गरेका छन्।



प्रकाशित: Jul 03, 2022| 12:32 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...