शनिबार, वैशाख २७, २०८२

जब गिरिजाले बीपीका कुरा टिपोट गराए...

‘हामी नवलपुरमा सूर्यभक्त अधिकारीको सानो मचानजस्तो घर र बाँकी कटेरोहरूमा बस्यौं। म र वीरेन्द्र दाहाल गिरिजाबाबुको कटेरोमा थियौं। अनिद्रामा रहनुभएका गिरिजाबाबुले मलाई अहर्‍याउनुभयो-जेपी यस भ्रमणका बेला सान्दाजुले बोल्ने गर्नुभएका विभिन्‍न विषयका कुराहरू, उहाँका विचारलाई टिपोट गर। सान्दाजु, बिमार हुनुहुन्छ। सायद अब बाँकी जीवनमा प्रजातन्त्र हेर्न पाउनुहुन्‍न। तर प्रजातन्त्र त आउँछ नै।
 |  शनिबार, असार १८, २०७९
nespernesper

जयप्रकाश गुप्ता

जयप्रकाश गुप्ता

शनिबार, असार १८, २०७९

vianetvianet

काठमाडौं- असार १८ गते। नेपालको प्रजातान्त्रिक आन्दोलनमा राणा, राजासँग लडेर नेपाललाई गणतन्त्रको देशमा परिणत गर्ने मूल श्रेय गिरिजाप्रसाद कोइरालालाई जान्छ। कोइरालाकै जोडबलमा २८० वर्षसम्म राजकाज गरेको नेपालको शाह वंशको शासनसत्ता ढलेको थियो।

triton college

नेपाली जनतालाई प्रजातन्त्रको असली हकदार बनाउनमा पनि गिरिजाबाबुको ठूलो योगदान छ। यिनै राजनेता गिरिजाबाबुको ९९औं जन्मदिवस शनिबार विविध कार्यक्रम गरी कांग्रेसजनले मनाइरहेका छन्।

कुनै बेला कांग्रेसका खास मान्छे जयप्रकाश आनन्द गिरिजाबाबुका अति लोकप्रिय पात्र थिए। समयक्रममा गिरिजाबाबुलाई त्यागेर मधेस आन्दोलनमा होमिए। यिनै जयप्रकाशले गिरिजाबाबुको ९९औं जन्मदिनका दिन विगत कोट्याएका छन्। 

जयप्रकाशले फेसबुकमा पोस्ट गरेको गिरिजाबाबुप्रतिको श्रद्धा र नेपालको विकास योजनामा पुर्‍याएको योगदानको चर्चा गरेका छन्। यस्ता छन्, जयप्रकाशले फेसबुक वालबाट सम्झिएका गिरिजाबाबु।

शिखर पुरुषको धेरै कुराहरू सम्झिन गाह्रो भयो। खासगरी तिथिमितिहरू याद हुन्‍न, कुरो पनि पुरानो भयो। 

National life insurance

कतिपय पुराना कुराहरू याद गर्न घटनाहरू, सन्दर्भहरू जोडेर जानुपर्छ। यसरी विचार्दा कुरो २०४८ पछिको हो। नेपाली कांग्रेसको सरकारले पहिलो पटक हरेक गाउँ विकास समितिलाई १५ हजार अनुदान दिएको थियो। जरुरतमन्द नागरिकहरूको वडामा सामूहिक रूपमा उपयोग गर्ने गरी १-२ वटा हाते चापाकल (ट्युवबेल) जडान गर्न।

गाउँ पञ्चायतको रुपान्तरण ‘गाउँ विकास समिति’ को रूपमा भएको थियो। सम्भवतः केन्द्रबाट विषयगत अनुदानको रूपमा गएको यो पहिलो अनुदान थियो। सरकारको चाहना थियो कि यस रकमको कार्यान्वयन गाविसका तत्कालीन सचिव(सरकारी कर्मचारी) बाट होस्। तर भर्खरै बन्दै गएको एमालेले सर्वदलीय समितिको कुरो उठायो। यसरी सर्वदलीय समिति बनेमा सबै गाविसहरूमा आफ्नो संगठनको विस्तार हुनसक्ने उसको धारणा रहेको हुनुपर्छ। 

२०३८ सालतिर कांग्रेसको प्रशिक्षण कार्यक्रममा सहभागी हुन बीपी कोइरालाको देश दौडाहाअन्तर्गत उहाँले बीपीले कयौं ठाउँमा विकास योजनाहरूबारे बोल्नुभएको थियो। पहिलो प्रशिक्षण कार्यक्रम झापाको बिर्तामोडमा सिके प्रसाईंको आयोजनमा भएको थियो। यसरी देश दौडाहाको क्रममा स–साना प्रवचन कार्यक्रममा बीपीले अनेकौं ठाउँमा समाजवादी अर्थतन्त्रको गम्भीर परिकल्पनाबारे बोल्नुहुन्थ्यो। सायद यी कुराहरू कतै पुस्तिकाको रूपमा प्रकाशित पनि छन्। तर आजका पुस्ताले खोजिनीति गरी पढ्दैनन्। 

यसै क्रममा बीपीले भन्नुभएथ्यो, ‘दक्षिण एसिया खासगरी नेपालमा यहाँका मानिसमा देखिने रोगमा ८० प्रतिशत रोग दूषित खानेपानीको उपयोगबाट हुने गर्दछ।’ उहाँले भारत बम्बईका एक प्रख्यात चिकित्सकको रायलाई उद्धृत गरेर तेसो भन्नुहुन्थ्यो र जोड दिनुहुन्थ्यो कि यदि सरकारले आमजनतालाई शुद्ध खानेपानी मात्र उपलब्ध गराउन सक्यो भने नेपालका ८० प्रतिशत मानिस विशेषतः दूषित खानेपानी खानाको कारणले हुने पेटको रोगबाट मुक्त हुन सक्छन्। 

 ‘हामी नवलपुरमा सूर्यभक्त अधिकारीको सानो मचानजस्तो घर र बाँकी कटेरोहरूमा बस्यौं। म र वीरेन्द्र दाहाल गिरिजाबाबुको कटेरोमा थियौं। अनिद्रामा रहनुभएका गिरिजाबाबुले मलाई अहर्‍याउनुभयो-जेपी यस भ्रमणका बेला सान्दाजुले बोल्ने गर्नुभएका विभिन्‍न विषयका कुराहरू, उहाँका विचारलाई टिपोट गर। सान्दाजु, बिमार हुनुहुन्छ। सायद अब बाँकी जीवनमा प्रजातन्त्र हेर्न पाउनुहुन्‍न। तर प्रजातन्त्र त आउँछ नै।
गिरिजाप्रसाद कोइराला त्यसबेला साथै रहनुहुन्थ्यो। मसमेत हामी कति जना पनि सँगै हुन्थ्यौं। कुरो सानो थियो। पञ्चायती शासनले अञ्चल अस्पताल र कतै–कतै जिल्ला अस्पताल खडा गरेको थियो। विराटनगर र राजविराजमा अञ्चल अस्पताल थियो। अञ्चल भने उत्तरमा सोलु र ताप्लेजुङसम्म फैलिएको थियो। अञ्चल अस्पतालको लाभ भने बढीमा मोरङ र सप्तरीका मानिसलाई पुग्ने स्थिति थियो। 

बीपीको मुखबाट मैले पहिलो पटक पाँच बेडको पीएचसी(प्राइमरी हेल्थ सेन्टर) को कुरा यस्तै मिटिङहरूमा सुनें। केही गाउँहरूमा स्वास्थ्य चौकीहरू खुल्न थालेको थिए। जहाँ अनमी स्तरका १/२ जना कर्मचारी हुन्थे। बिपीले एउटा जिल्लामा ५/७ गाउँ समेटेर १/१ पीएचसी बनाउनुपर्ने विचार राख्नुहुन्थ्यो। उहाँले यस्ता केन्द्रमा एमबीबीएसभन्दा तल अध्ययन गरेको स्वास्थ्य प्राविधिक रहने र यस्ता केन्द्रहरूमा कमसेकम साधारण औषधी, रगत–खकार–दिसा,पिसाब जाँच्ने सुविधा र घाउँखटिराको सानो सर्जरीको सुविधा हुनैपर्ने व्यवस्थामा जोड दिनुहुन्थ्यो।

यस्तै खालका मानिसको आँखा नलाग्ने प्रकारका स–साना कुराहरू गर्नुहुन्थ्यो। 

हामी चितवन पार गर्‍यौं। अहिलेको नारायणी नदीको पुलको ३/४ सय मिटर उत्तरपट्टि ठूल्ठूला डुंगामा मिनीबस र साना चारपांग्रे मोटर जीपहरू पार गरिन्थ्यो। हाम्रो दौडाहाले जहीँतहीँ उम्लेका पञ्चहरूको विरोधको सामना गर्नुपर्थ्यो। बडो हल्ला थियो, बीपीले चढ्ने डुंगालाई जीप र साथीहरूसमेत नारायणीमा डुबाउने योजना छ रे!  आज चितवनमा कृष्णलाल सापकोटा, टेकबहादुर गुरुङ, सायद एक जना धनाढ्य (सुभाष प्रधानको पिताजी), मुक्तिलाल चुके, मैया देवी दिदी, एकनाथ भाट हालैका चर्चित जग्गनाथ पौडेल र अहिले सम्झना नरहेका धेरैधेरैले बीपीको सुरक्षा साथ नारायणी पार गराउने अभिभारा लिए। अहिलेको कांग्रेसले सायद यीमध्येका धेरैलाई कारबाही गरेर गैरकांग्रेसी बनाएको छ।

हामी राती नवलपुरमा सूर्यभक्त अधिकारीको घर (एउटा काठको सानो मचानजस्तो घर र बाँकी कटेरोहरू) मा बस्यौं। म र वीरेन्द्र दाहाल गिरिजाबाबुको कटेरोमा थियौं। अनिद्रामा रहनुभएका गिरिजाबाबुले मलाई अहर्‍याउनुभयो–जेपी यस भ्रमणका बेला सान्दाजुले बोल्ने गर्नुभएका विभिन्न विषयका कुराहरू, उहाँका विचारलाई टिपोट गर। सान्दाजु, बिमार हुनुहुन्छ। सायद अब बाँकी जीवनमा प्रजातन्त्र हेर्न पाउनुहुन्न। तर प्रजातन्त्र त आउँछ नै। हामीले उहाँले देखाएका विचारलाई अगाडि बढाउनुपर्छ। मैले एउटा खास काम पाएँ। 

मलाई बीपीले भनेको याद छ। उहाँले कार्यकर्ताहरूसँगको कुराकानीमा भन्नुभा’थ्यो; ‘म विराटनगरमा ५/१० बिघा खेती भएको, परेको खण्डमा उपचार खर्चको स्वयंले जोहो गर्न सक्ने मानिस हुँ। तर म बम्बईमा क्यान्सरको उपचार गराउन जाँदा खर्च बेहोर्न सकिनँ।

जेपी, जयप्रकाश नारायणले केही रकम दिएर, केही रामनाथ गोयन्का (इन्डियन एक्सप्रेस पत्रिकाका मालिक) को सहयोगबाट अस्पतालको बिल तिर्न सकें। आमनेपाली कसरी सक्छन्? हामीले प्रिभन्टिभ हेल्थ सिस्टममा जानुपर्छ। एक/दुई ठूला अस्पताल भए पुग्छ।’

कालान्तरमा गिरिजाबाबु प्रधानमन्त्री हुनुभयो। उहाँको दिमाग एक प्रकारले पूर्वपोषित (प्रिअकुपाईड) थिएन। खाली थियो, देशको विकासबारेमा, जनकल्याणका नीतिबारेमा केही मन परेका सम्झना थिए।

जब गिरिजाबाबु प्रधानमन्त्री हुनुभयो र कसैले ध्यान न दिएको स–साना कुरालाई ज्यादै महत्त्व दिनुभयो। विश्व बैंकका प्रतिनिधिसँग भेट्दा देशभरमा गरी पहिलो चरणमा २० वटा ‘पीएचसी’ माग्नुभयो। बेलायतका राजदूतसँग ‘बेलीब्रिज’ माग्नुभयो। यो बेलीब्रिजले त्यसबेलाको ठूलो विध्वंशकारी बाढीका बेला मुलुकको यातायातलाई सुचारु राख्‍न ठूलो मद्दत गरेको थियो। ठूला–ठूला एयरलाइन्सभन्दा पनि हेलिकोप्टर सेवा सञ्चालन गर्न निजी क्षेत्रलाई पहिले अनुमति दिनुभयो।

यसलाई उहाँले रेस्क्युसँग जोड्नु भयो। कति सानो कुरा, आज कसैको आँखा नै लाग्ने, देशका हरेक गाविसलाई खानेपानीका निम्ति ट्युवबेल जडान गर्न १५ हजार अनुदान दिने व्यवस्था गर्नुभयो। उहाँले देश दौडाहाका क्रममा बीपीले बोल्नुभएको दूषित खानेपानीको कारणबाट देशमा ८० प्रतिशत मानिसलाई पेटको रोग लाग्छ, यो मसिनोजस्तो लाग्ने कुरालाई बिर्सन सक्नुभएन।

पीएचसीलाई भुल्नुभएको थिएन। ठूला–ठूला र विपुल वैदेशिक लगानीका साथ विदेशी महिलाका लागि ‘सेरोगेसी’ सन्तान जन्माउने अनुमति दिनुभई नेपाललाई ‘हेल्थ टुरिज्म’ कल्पनामा उन्नुभयो। भ्लै, अर्थशास्त्र पढनुभएको थिएन-गिरिजाबाबुले!

जयप्रकाश गुप्ताको फेसबुकबाट।


प्रकाशित: Jul 02, 2022| 15:38 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...