बिहीबार, भदौ १८, २०८३

एनपीएलमा आज चार टोली मैदानमा

 |  मंगलबार, मंसिर २, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २, २०८२

काठमाडौं- दोस्रो संस्करणको  नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्। त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र  पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्। चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ।

चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन्। विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पोखराको कप्तान कुशल भुर्तेल रहनेछन्।यसअघि सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएर काठमाडौँ गोर्खाजले सुखद सुरुआत गरेको छ। जितसँगै काठमाडौँले अङ्कतालिकामा दुई अङ्क पनि जोड्यो।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा  यही मङ्सिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल मङ्सिर २७ मा हुनेछ। प्रतियोगिताका विजेताले रु एक करोड १० लाख पाउने क्यानले जनाएको छ।

प्रकाशित: Nov 18, 2025| 09:52 मंगलबार, मंसिर २, २०८२
प्रतिक्रिया दिनुहोस्