सोमबार, साउन २५, २०८३

प्रचण्डको प्रतिवेदन : गाउँमा माओवादी बलियो, कांग्रेस कमजोर

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादी गाँउमा बलियो बन्दै गएको तर कांग्रेस गाउँमा कमजोर भएको प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गरेका छन्।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादी गाँउमा बलियो बन्दै गएको तर कांग्रेस गाउँमा कमजोर भएको प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गरेका छन्। उनको प्रतिवेदनमा एमाले भने गाउँसहर दुवैतर्फ उस्तै रहेको उल्लेख गरिएको छ। 

आइतबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले पेस गरेको १० पृष्ठको दस्तावेजमा माओवादी गठबन्धनप्रति सबैभन्दा बढी इमान्दार भएकोसमेत उल्लेख गरिएको छ। कांग्रेसले आफ्नो फाइदा मात्र सोचेको र एकीकृत समाजवादीले भने हैसियतभन्दा पनि धेरै मागेकोसमेत आरोप प्रचण्डको प्रतिवेदनमा लगाइएको छ। जसपा भने तराई-मधेसका क्षेत्रमा गठबन्धन गर्न अनिच्छुक देखिएको प्रचण्डको भनाइ छ। 

गठबन्धन गरेर आफूहरूलाई फाइदा पुगेको प्रतिवेदनको निष्कर्ष छ। ‘हाम्रो पार्टी (माओवादी केन्द्र)ले १६ सिट बढी ल्याएको छ। जसपा र जनमोर्चाले पनि पहिलेको तुलनामा केही सिट सङख्या बढाएका छन्,’ उनको प्रतिवेदनमा उल्लेख छ, 'यस पटकको स्थानीय तहको चुनावमा नेकपा एमालेले नराम्रोसँग हार व्यहोर्नु परेको छ।'


प्रकाशित: Jul 03, 2022| 16:25 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...