सोमबार, साउन २५, २०८३

ओलीले भने- जमिनको स्वामित्वको लफडामा नजाऔं, सामूहिकतामा जाऔं

अखिल नेपाल किसान महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, 'कृषिको आधुनिकरण नै आजको आवश्यकता हो। हामीले कृषिको उत्पादकत्व बढाउन आवश्यक छ। त्यसकारण अहिले स्वामित्वको लफडामा नजाऔं, सामूहिकतामा जाऔं। जमिन तिम्रै हो, उत्पादन बढाऔं भन्‍ने अभियान चलाऔं।'
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषिको उत्पादकत्व बढाउनका लागि सामूहिक कृषि खेतीमा जानुपर्ने बताएका छन्। अखिल नेपाल किसान महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, 'कृषिको आधुनिकरण नै आजको आवश्यकता हो। हामीले कृषिको उत्पादकत्व बढाउन आवश्यक छ। त्यसकारण अहिले स्वामित्वको लफडामा नजाऔं, सामूहिकतामा जाऔं। जमिन तिम्रै हो, उत्पादन बढाऔं भन्‍ने अभियान चलाऔं।' 

उनले राजधानीमा अथवा काठमाडौंमा घर छैन भन्दा लाज हुने अवस्था भएको भन्दै टिप्पणी गरेका छन्। उनले भने, 'अमेरिकामा मान्छेलाई घडेरी छ कि छैन भन्‍ने चिन्ता छैन। हङकङका मानिसलाई किन घडेरी चाहियो? घर हुने भनेको धनाढ्य, सौखिनहरुका लागि हो। घर छैन भन्दा नेपालमा लाज हुन्छ। अमेरिकामा कहाँ सबैको राजधानीमा घर हुन्छ? यहाँ त राजधानीमा घर छैन भन्दा अप्ठ्यारो लाग्‍छ। निजी सम्पत्तिभित्र जमिनलाई राख्यौं। जमिनलाई टुक्राटुक्री बनायौं र घर ठड्यौं अनि कहाँ गर्ने खेती?'

मानिसको जीवनयापनका लागि कृषि नभइ नहुने उल्लेख गर्दै अध्यक्ष ओलीले भने, 'जतिसुकै धनाढ्य र आकाशमै उठ्ने मान्छे भए पनि त्यसलाई खानेकुरा चाहिन्छ। त्यही हिलोमा फलेको चामल नभइ हुँदैन।'ओलीले यस्तै जमिनलाई बाँझो राख्‍ने र माटोलाई बिगार्नेतर्फ लागेकाले खाद्यान्‍नमा आत्मनिर्भर हुन नसकेको उनले बताए। उनले हिमालदेखि तराईसम्म उब्जाउ भूमि रहे पनि जम्मा ३ करोड जनता खाद्यान्‍नमा आत्मनिर्भर हुन नसक्नु दुःखद रहेको बताए । 

अध्यक्ष ओलीले आफूले सरकार छोडेपछि कसरी ४९ अर्बको चामल आयात भएकोसमेत दाबी गरेका छन्। उपयुक्त नीतिका साथ कृषिको आधुनिकीकरण, व्यवसायीकरण गरेर अघि बढ्न नसकेकोले यो स्थितिलाई बदल्नुपर्ने उनको भनाई छ।  उनले भने, ‘बाहिरको खाद्यान्न आयात वृद्धिका लागि हो कि खाद्यान्नमा आत्मनिर्भर हुन नदिनका लागि हो कि वा छुद्र कमिसनको खेलका लागि हो कि ?’


प्रकाशित: Jul 02, 2022| 16:36 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...