आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • केन्द्रीय कमिटी बैठकमा प्रचण्डले औंल्याए कम्युनिस्ट एकताको आवश्यकता

केन्द्रीय कमिटी बैठकमा प्रचण्डले औंल्याए कम्युनिस्ट एकताको आवश्यकता

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीहरूबीच एकताको आवश्यकता औंल्याउँदै सदस्यहरुको रायसमेत माग गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं– सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। तीन दिन चल्ने बैठकका लागि अध्यक्ष पुष्पकमल दाहालले ९ वटा एजेन्डा प्रस्तुत गरेका छन् र ती एजेन्डा बैठकले सर्वसम्मत रुपमा पारित गरेको छ।

National life

बैठकमा नयाँ सदस्यहरुको सपथ ग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध गरी नौ एजेण्डामा छलफल हुनेछ।

बैठकका एजेण्डामा थप्ने घटाउने केही भए धारणा राख्न प्रचण्डले मौका दिएका थिए। तर सुझाव नआएपछि यी एजेण्डा पास भएका छन्।

यसैबीच, नेकपा माओवादी केन्द्रमा कम्युनिस्ट पार्टीहरूबीच एकताको विषयले प्रवेश पाएको छ। केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीहरूबीच एकताको आवश्यकता औंल्याउँदै सदस्यहरुको रायसमेत माग गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए। आज बिहानमात्रै तत्कालीन नेकपाका केन्द्रीय सचिवालयमा रहेका नेताहरुसँग आफ्नो अनौपचारिक छलफल भएको सुनाउँदै प्रचण्डले सम्भव भए आजै तत्कालीन सचिवालयमा रहेका बहुमत सदस्यहरुको बैठक बस्ने तयारी भएको बताएका थिए। 

 ‘फेरि नयाँ तरिकाले कम्युनिस्ट एकता गर्न सकिन्छ। नेकपाका तत्कालीन सचिवालयका नेताहरुसँग कुरा भएको छ। आज बिहानमात्रै पनि छलफल भएको थियो। यो बैठक आज छिट्टै सकियो भने सचिवालयको बहुमतको बैठक बस्नुपर्यो भनेर साथीहरुले भन्नु भएको छ। अपिल गर्नुपर्यो भनेर भन्नुभएको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने। 

Shivam cement

वामपन्थी एकताको सम्भावना फेरि पैदा भएको उनको भनाइ छ। कम्युनिस्ट एकताबारे सोमबारको बैठकमा धारणा राख्न  सदस्यहरुलाई अध्यक्ष प्रचण्डले आग्रह गरेका थिए।

प्रकाशित: Jul 03, 2022| 15:38 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...