आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कमल थापालाई मनपर्‍यो 'कमरेड', 'प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री' व्यवस्थाको माग

कमल थापालाई मनपर्‍यो 'कमरेड', 'प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री' व्यवस्थाको माग

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा नेकपा मालेका पोलिटब्यूरो सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले आफूलाई कमरेड शब्द धरै मनपर्ने बताएका हुन्।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफूलाई कमरेड शब्द मनपर्ने बताउँदै कमरेड भन्‍दैमा आपत्ति गर्न नहुने बताएका छन्। काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा नेकपा मालेका पोलिटब्यूरो सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले आफूलाई कमरेड शब्द धरै मनपर्ने बताएका हुन्।

National life

कमरेडकै रूपमा नेता श्रेष्ठलाई पार्टीमा स्थान दिने पनि उनले बताए। अध्यक्ष थापाले राप्रपा नेपाललाई बलियो राष्ट्रवादी पार्टी बनाउने उद्घोष गर्दै देशमा भइरहेको भ्रष्टाचारविरुद्ध लड्न खोज्‍ने व्यक्तिका लागि राप्रपा नेपाल सदैव साथमा रहेको पनि बताए। 

उनले भने, ‘कमरेड भन्ने शब्द मलाई पनि असाध्यै मनपर्छ। कमरेड भनेको साथी भनेको हो। मित्र भनेको हो। जोसँग भावना मिल्छ, सङ्घर्ष गरिन्छ, त्यो कमरेड हो। कमरेड भन्नमा आपत्ति गर्नु पर्दैन। कुमार श्रेष्ठलाई कमरेड कुमार श्रेष्ठकै रूपमा सम्बोधन गर्न चाहन्छु।’ 

अध्यक्ष थापाले हिन्दु राष्ट्रका लागि लडिरहेका सबैलाई राप्रपा नेपालको अभियानमा जोडिन आग्रहसमेत गरे।  अध्यक्ष थापाले गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेको आरोप लगाएका छन्। 

पार्टीहरूको स्वार्थ परिपूर्तिको निमित्त ६/६ महिनामा मन्त्री परिवर्तन गर्ने अस्थिरताको सिर्जना काम भइरहेको उनले बताए। उनले यस किसिमका विकृति र विसङ्गतिलाई हटाउन नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था हुनुपर्ने माग गरे। अध्यक्ष थापाले मन्त्री हुन सांसद हुनु अनिवार्य नहुने र दुई पटक भन्दा बढी एउटै व्यक्ति प्रधानमन्त्री हुन नपाउने व्यवस्था लागू हुनुपर्ने बताए।

Shivam cement

प्रकाशित: Jul 02, 2022| 18:14 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...