आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित छ, मिति तय भएको छैन : परराष्ट्र मन्त्रालय

प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित छ, मिति तय भएको छैन : परराष्ट्र मन्त्रालय

‘निम्तो दिने र स्वीकार गर्ने च्यानल हुन्छ, तयारी भइरहेको छ। भ्रमणको अन्तिम टुंगो लागेपछि सार्वजनिक गर्छौँ, कुटनैतिक च्यानलबाट छलफल भइरहेको छ,’ प्रवक्ता लम्सालले भनिन्।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं- परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित भएपनि मिति भने टुंगो लागिनसकेको बताएकी छन्। आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले मिति तय भएपछि जानकारी दिइने उल्लेख गरिन्। 

National life

‘निम्तो दिने र स्वीकार गर्ने च्यानल हुन्छ, तयारी भइरहेको छ। भ्रमणको अन्तिम टुंगो लागेपछि सार्वजनिक गर्छौँ, कुटनैतिक च्यानलबाट छलफल भइरहेको छ,’ प्रवक्ता लम्सालले भनिन्। 

उत्तरी छिमेकी चीनमा पनि उच्चस्तरी भ्रमणको तयारी भइरहेको उनको भनाइ थियो। ‘त्यहाँ (चीन)बाट विदेशमन्त्री आएर जानुभयो। यताबाट पनि जाने तयारी भइरहेको छ। छलफल चलिरहेको छ। मन्त्रीज्यू वा उच्च अधिकारी कसको भन्ने टुंगो लागेको छैन,’ उनले भनिन्।

चीनमा २८१ नेपाली विद्यार्थी चीन फर्काउने तयारी भएको उनले बताइन्। बाँकी विद्यार्थीलाई पनि छिट्टै फर्काइने उनको भनाइ थियो। कोरोना भाइरसको संक्रमण सुरु भएपछि ८ सयभन्दा बढी विद्यार्थी नेपाल फर्कन बाध्य भएका थिए। त्यसपछि उनीहरु चीन फर्कन पाएका थिएनन्। जुलाई ५ मा २८१ विद्यार्थी चीन फर्कन पाउने उनको भनाइ छ। 

प्रकाशित: Jul 03, 2022| 15:09 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...