कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर पार्टीका केन्द्रीय सदस्य उदयशम्शेर राणाको संयोजकत्वमा गठन गरिएको विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा आज १७ सदस्य...
विश्वमै बेलायतपछि नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको अमेरिका दोस्रो मुलुक हो। अमेरिकासँगको कूटनीतिक सम्बन्ध स्थापना भएपछि विश्व समुदायमा नेपालको सम्बन्ध विस्तारको ढोका खुलेको देखिन्छ।
निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिने गरी कुनै पनि सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न सामाजिक सञ्चाल प्रयोगकर्ताहरुलाई आग्रह गरेको छ।
पाँच वर्षअघि पनि आईजीपी नियुक्ति विवादमा परेको थियो। त्यो बेला पनि कांग्रेस र माओवादीको संयुक्त सरकार थियो। प्रधानमन्त्री थिए माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। सरकारले त्यो बेला तेस्रो वरियतामा रहेका...
सुन्नमा अलिक समस्या छ। कानमा एयरफोन घुसाएका छन्। आवाज तगडै छ। भन्छन्, ‘निर्वाचनको प्रचारप्रसारमा म विश्वास गर्दिन। आइ एम नट गोइङ टु स्पेन्ड एनिथिङ। आइ ह्याभ जेरो बजेट फर द्याट।...
निर्वाचन प्रचार प्रसार समितिले आइतबार गरेको पत्रकार सम्मेलनमा महतले भने, ‘धेरैलाई लागेको थियो यो तालमेल सफल हुन सक्दैन। ठूलो विद्रोह हुन्छ। तर त्यस्तो अवस्था आएन।’
भारतको मन्त्रिपरिषद् बैठकले गत चैत २२ मा क्वात्रालाई विदेश सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो। हर्षवर्धन शृंगलाले शनिबारदेखि विदेश सेवाबाट अनिवार्य अवकाश लिएपछि क्वात्राले आइतबारदेखि जिम्मेवारी सम्हालेका हुन्।
'गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने। यो निर्णय पालना नगर्नेलाई आआफ्ना दलले कारबाही गर्ने निर्णय गरियो,' संयन्त्रको बैठकको निर्णय छ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने दाबी गरेका छन्।
सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर पदकी उम्मेदवार सिर्जना सिंहले महानगरभित्रका श्रमिक महिलाका लागि विशेष राहत योजना ल्याउने बताएकी छन्।