आइतबार, असार ७, २०८३

देउवाले बोलाए पदाधिकारी बैठक, यी हुन् एजेन्डा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक बोलाएका छन्।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक बोलाएका छन्।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक बोलाएका छन्।

असार २७ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएका देउवाले त्यसको एक साताअघि (असार २१ गते) मंगलबार पदाधिकारी बैठक बोलाएका हुन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। 

समसामयिक राजनीति, केही भ्रातृ संस्थाका विधान टुंग्याउने र केन्द्रीय समितिका लागि एजेन्डा तय गर्न देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।

प्रकाशित: Jul 03, 2022| 18:04 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...