नेकपा एकता भंग भएपछि एमालेमै अडिएका पूर्वमाओवादी सात नेताहरू आगामी चुनावमा प्रत्यक्षतर्फको सिफारिसमा परेका छन्। पाँच दलीय गठबन्धनबाट चुनावी मैदानमा उत्रिनेहरूसँग सात भाइको भिडन्त रोचक हुने पक्का छ।
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको रकम खर्च गर्न रोक लगाउने निर्णयविरुद्ध परेको रिट उपर सर्वोच्च अदालतले विपक्षी निर्वाचन आयोगलाई छलफलका लागि बोलाएको छ।
नागरिकता विधेयकको विरोध गर्दै आन्दोलनमा रहेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित साना पाँच वामपन्थी दलहरुलाई बोलाएर नागरिकता विधेयकका विषयमा छलफल गरेकी हुन्।
पञ्चायतविरुद्धको आन्दोलनमा ५६ जनाले सहादत प्राप्त गरेको किल्ला ओखलढुंगामा कांग्रेसभित्रको गुटगत राजनीति झांगिएपछि केन्द्रलाई आफ्नो समूह छान्नै कठिन भएकोछ। कांग्रेस मतदाताको रोजाइमा परेका रामहरि खतिवडालाई कुनोमा पार्ने प्रदीप सुनुवारको योजनाका...
प्रतिनिधिसभामा दुईपटक पराजित एमालेकी भगवती चौधरीले यसपटक बदला लिएरै छाड्ने दाबी गरेकी छन्। पार्टीभित्रको एकता र कांग्रेसभित्रको असन्तुष्टिको फाइदा लिने उनको योजना छ। त्यससँगै विजयकुमार गच्छदार भ्रष्टाचारमा मुछिएको भन्ने विषय...