आइतबार, साउन १७, २०८३

देउवाले चार दिन डडेल्धुराका सात चुनावीसभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गुहजिल्ला डडेल्धुरामा चार दिनमा सात चुनावीसभालाई सम्बोधन गर्ने भएका छन्।
 |  मंगलबार, कात्तिक १५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १५, २०७९

डडेलधुरा- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गुहजिल्ला डडेल्धुरामा चार दिनमा सात चुनावीसभालाई सम्बोधन गर्ने भएका छन्।

डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका देउवाले कात्तिक १७ देखि २० गतेसम्म जिल्लाका सात पालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन्। 

कांग्रेस डडेल्धुराका  सभापति भीमबहादुर साउदका अनुसार देउवाले कात्तिक १७ गते डडेल्धुराको सदरमुकामस्थित अमरगढी बसपार्कमा आयोजित सभालाई सम्बोधन गर्नेछन्।

यस्तै, १८ गते नवदुर्गा र गन्यापधुरा गाउँपालिका, १९ गते अजयमेरु र भागेश्वर गाउँपालिकाको चुनावीसभालाई देउवाले सम्बोधन गर्ने छन्। 

कात्तिक २० गते देउवाले आलिताल गाउँपालिका र परशुराम नगरपालिको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। देउवा चार दिने कार्यक्रम भ्याएर २१ गते देउवा काठमाडौं फर्किने कार्यतालिका रहेको छ।

डडेल्धुरामा सत्ता गठबन्धनबाट संघमा देउवा र प्रदेश (१) मा माओवादीका खगराज भट्ट र २ मा कांग्रेसका गोविन्द बोहरा चुनावी मैदानमा छन्।

प्रकाशित: Nov 01, 2022| 12:26 मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...