सोमबार, असार १, २०८३

सिन्धुपाल्चोक-२ मा चुनावी प्रचारसँगै उत्सवको झल्को

सिन्धुपाल्चोक क्षेत्र नं २ का उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत शनिबार चुनावी अभियानका क्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाको रैथाने पुग्दा त्यहाँका बासिन्दाले गाउँमा उत्सव सुरू भएको आभास गरे।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक क्षेत्र नं २ का उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत शनिबार चुनावी अभियानका क्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाको रैथाने पुग्दा त्यहाँका बासिन्दाले गाउँमा उत्सव सुरू भएको आभास गरे।

National life

सधैँ देखिरहनेभन्दा फरक अनुहार गाउँमा दिनहुँजसो देखिन थालेपछि रैथानेका मदन श्रेष्ठले चुनावी माहोलबारे अनभिज्ञता प्रकट गर्दै गाउँमा हुन थालेको चहलपहललाई रमाइलो मात्रै मान्छन्। चुनावी अभियानमा उनले पाँचपोखरीको भोताङ, थाङ्पालकोट, गुन्सा हुँदै धाप पुगेर चुनावीसभालाई सम्बोधान पनि गरे। 

मतदातासँग उत्साह देखेको छु, कार्यक्रममा व्यस्त उम्मेदवार बस्नेतले भने, ‘जनतामा गठबन्धनमा पूरा विश्वास भएकै कारण सबैले निर्वाचनमा भोट दिनेछन्।’ 

अभियानकै क्रममा थाङ्पालकोटको रैथानेमा एक सातामा धेरै राजनीतिक दल चुनावी प्रचारप्रसारमा आए। प्रायजसो सुनसान हुने यो गाउँमा राजनीतिक छलफल र चुनावी प्रचारप्रसारले तीव्रता पाएपछि स्थानीयवासीलाई उत्सवको झझल्को भएको हो। ‘भोट माग्नेको लर्काले चहलपहल बढ्न थालेकाले हामीलाई गाउँमा कुनै उत्सव सुरु भएजस्तै लाग्दै छ,’ मानेखर्कका काले तामाङले भने, ‘विभिन्नथरीका झन्डा बोकेर आउने दलका कार्यकर्ता तथा नेताकै कारण गाउँमा उत्साहसमेत थपिएको छ।’

एउटै गाउँमा धेरै पार्टीको चहलपहल एकैसाथ हुँदा मतदातालाई समेत भ्याइनभ्याइ छ। घरदैलो अभियानमा क्षेत्र नं २ का एमालेका उम्मेदवार शेरबहादुर तामाङ भोटेनाम्लाङ पुग्दा त्यहाँ राप्रपाका उम्मेदवार गोपालनरसिंह श्रेष्ठ पनि थिए। त्यहीँ बेला उम्मेदवार नभए पनि गठबन्धन दल कांग्रेस र माओवादीका कार्यकर्ता पनि घरदैलो अभियानमा भोटेनाम्लाङमा देखिएका थिए।

Shivam cement

स्थानीयवासी युवराज गिरीले रङ्ग रङ्का झन्डा बोकेर प्रचारप्रसारमा आउने नेता तथा कार्यकर्ता गाउँमा आउँदा चुनाव एउटा उत्सवकै रूपमा आएकोजस्तो महसुस भएको बताए।   

-रासस


प्रकाशित: Nov 02, 2022| 12:08 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...