आइतबार, साउन १७, २०८३

आफ्नै खर्चमा डडेल्धुरा जान प्रधानमन्त्री देउवालाई आयोगको अनुमति

सरकारी स्रोत–साधन प्रयोग नगरी र आचारसंहिता उल्लंघन नहुने गरी चुनाव प्रचारका लागि डडेल्धुरा जान देउवाले पाए आयोगबाट अनुमति।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९

काठमाडौं– निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै खर्च र स्रोत–साधन प्रयोग गरेर डडेल्धुरा जान अनुमति दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार आयोगलाई पत्र लेख्दै प्रधानमन्त्री देउवाको डडेल्धुरा भ्रमणका लागि स्वीकृति मागेको थियो। 

आयोगले निर्वाचन आचारसंहिता पालना गर्दै र सरकारी स्रोत–साधन प्रयोग नगरी गृहजिल्ला डडेल्धुरा जान देउवालाई स्वीकृति दिएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए।

उनले भने, ‘प्रधानमन्त्री देउवालाई डडेल्धुरा जान रोक लगाएको होइन। सरकारी स्रोत–साधन प्रयोग नगरी र आचारसंहिता उल्लंघन नहुने गरी चुनाव प्रचारका लागि जान अनुमति दिइएको हो।’

आयोगले सोहीअनुसारको पत्र प्रधानमन्त्री देउवालाई पठाएको छ। आयोगको सो निर्णयपछि प्रधानमन्त्री देउवा सरकारी स्रोत–साधन प्रयोग नगरी डडेल्धुरा जान पाउनेछन्।

प्रकाशित: Nov 02, 2022| 14:01 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...