आइतबार, साउन १७, २०८३

ओलीबाट संविधान असुरक्षित छ : नेता भुसाल

रुपन्देही क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले संविधान रक्षाकै लागि गठबन्धनको समर्थनमा उम्मेदवार बन्नुपरेको बताएका छन्।
 |  मंगलबार, कात्तिक १५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १५, २०७९

बुटवल- रुपन्देही क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले संविधान रक्षाकै लागि गठबन्धनको समर्थनमा उम्मेदवार बन्नुपरेको बताएका छन्। 

एमाले परित्याग गरी त्रिभुज चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका भुसालले एमाले अध्यक्ष केपी ओलीले संविधान च्यात्न खोजको र त्यसको प्रतिबाद गर्दा आफू पार्टी छोड्न बाध्य भएको बताए। उनले अझै पनि ओलीबाट संविधानमाथि खतरा रहेको उल्लेख गर्दै अब त्यसको रक्षाका लागि गणतन्त्र र संविधानको रक्षकलाई जिताउन अपिल गरे। सोमबार क्षेत्र नम्बर १ का विभिन्न ठाउँका कार्यक्रममा बोल्दै भुसालले यस्तो कुरा बताएका हुन्।

नेता  भुसालले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, बाटोघाटो तथा भौतिक निर्माणका काममा तीब्रता दिइने बताए। उनले सुकम्मबासी समस्याको समाधान गरिने पनि बताए। सुकम्बासी समाधानबारे गहन अध्ययन थालिएको उनले बताए।

रुपन्देही १ को प्रदेश सभा (ख) का उम्मेदवार अब्दुल रज्जाकले विकास र समृद्धिको अभियान थाल्न गठबन्धन आवश्यक रहेको बताए। संविधानको रक्षा पनि यही गठबन्धनले गरेको भन्दै देशको समग्र विकासको लागि गठबन्धनका उम्मेदवारलाई भारी मत दिएर जिताउन आग्रह गरे।

प्रदेस सभा (क) का उम्मेदवार विश्वनाथ यादवले स्थानीय जनताको चाहना अनुसार विकास निर्माणका काम गर्न गठबन्धनका उम्मेदवारले जित्नुपर्ने उल्लेख गरे।

प्रकाशित: Nov 01, 2022| 10:55 मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...