आइतबार, साउन १७, २०८३

भविष्य बोक्न सक्ने नेतालाई मतदान गर्न कांग्रेस नेता केसीको आग्रह

नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर २ का प्रतिनिधिसभातर्फका उम्मेदवार अर्जुन नरसिंह केसीले निर्वाचनमा लड्ने उम्मेदवारले आफू सक्षम रहेको र आफ्नो ऐजेण्डा राम्रो भन्नू स्वाभाविक भएको बताएका छन्।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर २ का प्रतिनिधिसभातर्फका उम्मेदवार अर्जुन नरसिंह केसीले निर्वाचनमा लड्ने उम्मेदवारले आफू सक्षम रहेको र आफ्नो ऐजेण्डा राम्रो भन्नू स्वाभाविक भएको बताएका छन्।

उनले हिजोको इतिहास र भोलिको भविष्य बोक्न सक्ने नेतालाई ४ मा मतदान गर्न जनतालाई आग्रह गरेका छन्। प्रचण्डलाई गोरखामा जित्न, शेरबहादुर देउवालाई डडेल्धुरामा जित्न वा आफूलाई नुवाकोटमा जित्न गठबन्धन नभएको उनले स्पष्ट पारे।

लोकतान्त्रिक बाम गठबन्धन कुनै व्यक्ति जित्न नभई राष्ट्र हितमा राखेर राष्ट्रको स्वाभिमान उच्च राख्न, संविधानको रक्षा गर्न, विकासको गति बढाउन गरिएको बताए। विदुर नगरपालिकाअन्तर्गत ऐतिहासिक स्थल नुवाकोट दरबार परिसरमा चुनावी कार्यक्रम तथा भेटघाट कार्यक्रममा बोल्दै नेता केसीले विरोधीको विचारसमेत सुरक्षित गर्न र लोकतन्त्रको रक्षा गर्न गठबन्धन बनेको बताए।

प्रकाशित: Nov 02, 2022| 12:51 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...