आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसलाई बहुमत दिनुस्, विकासको ग्यारेन्टी दिन्छौं : शशांक कोइराला

कांग्रेसलाई बहुमत दिनुस्, विकासको ग्यारेन्टी दिन्छौं : शशांक कोइराला

कांग्रेस सम्मिलित गठबन्धनले आगामी निर्वाचनमा बहुमत ल्याए स्थिरतासहित विकासको ग्यारेन्टी दिइने नेता शशांकको प्रतिबद्धता।
 |  बुधबार, कात्तिक १६, २०७९

रासस

रासस

बुधबार, कात्तिक १६, २०७९

कावासोती– कांग्रेस केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शशांक कोइरालाले राजनीतिक स्थिरताका लागि बहुमत आवश्यक भएको बताएका छन्।

National life

कांग्रेस सम्मिलित गठबन्धनले आगामी निर्वाचनमा बहुमत ल्याए स्थिरतासहित विकासको ग्यारेन्टी दिइने उनले बताएका हुन्।

नवलपुरको दलदलेमा पाँच दलीय गठबन्धनको अगुवा कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै कोइरालाले बहुमत प्राप्त भए स्थिरतासँगै विकास दिइने वाचा गरे।

‘संविधानको रक्षा, स्थिरता र विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प छैन,’ उनले भने।

आफू चौथो पटक नवलपुरका जनताको प्रतिनिधित्व गर्न अगाडि बढेको बताएका उनले यसअघिका कार्यकाल संविधान निर्माण र कार्यान्वयनका काम खर्चिएको सुनाए।

Shivam cement

‘जिल्लामा स–साना काम भएकै छन्। अबको कार्यकाल विकासका लागि हो,’ उनले भने। कोइराला केही दिनअघि बिरामी भएका थिए। उपचारपछि उनी पुनः निर्वाचन क्षेत्रमा सक्रिय छन्।

प्रकाशित: Nov 02, 2022| 13:14 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...