सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आचारसंहिता लाग्नुभन्दा महिनाअघिका कार्यक्रमबारे पनि आयोगले सोध्यो स्पष्टीकरण

आचारसंहिता लाग्नुभन्दा महिनाअघिका कार्यक्रमबारे पनि आयोगले सोध्यो स्पष्टीकरण

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आचारसंहिता लागू असोज १२ गतेबाट लागू भएपनि भदौ २४ को कार्यक्रमका विषयमा स्पष्टीकरण माग गरेको पाइएको हो।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९

पर्वत- निर्वाचन आयोगले पर्वतमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीसंग आचारसंहिता लागू हुनुभन्दा एकमहिना अगाडिकै कार्यक्रमबारे स्पष्टीकरण सोधेको पाइएको छ। मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आचारसंहिता लागू असोज १२ गतेबाट लागू भएपनि भदौ २४ को कार्यक्रमका विषयमा स्पष्टीकरण माग गरेको पाइएको हो। 

National life

जोशीले आर्थरडाँडाखर्कमा २०७९ भदौ २४ गते बीपी जयन्तीका दिन पञ्चकोशी माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका थिए। सोही विषयमा आयोगले स्पष्टीकरण सोधेको हो।

आचारसंहिता लागु हुनुअगाडिको कार्यक्रमको विषयमा आफूलाई आयोगले स्पष्टिकरण सोधेकोमा जोशीले आश्चर्य प्रकट गरेका छन्। आयोगमा गरिएको उजुरी उपर गहिरो अध्ययन नगरी स्पष्टिकरण सोधिएपछि आयोगप्रति प्रश्न उठेको छ। आयोगले जोशीलाई सोधेको स्पष्टीकरणमा कानून अधिकृत मोहनराज जोशीको हस्ताक्षर छ। 

जोशीले जिल्ला निर्वाचन कार्यालयमा जवाफ पेस गरिसकेका छन्। नेता जोशीले आफ्नो पक्षमा देखिएको जनलहरलाई देखेर बदनाम गर्ने उदेश्यले आयोगमा उजुरी गरिएको आरोप लगाएका छन्। झुठो आरोप लगाएर चरित्र हत्या गरिएको हुनाले उजुरीकर्तालाई नै कारबाहीको मागसमेत उनले गरेका छन्। 


प्रकाशित: Nov 02, 2022| 19:36 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...