सोमबार, असार १, २०८३

मंसिरको चुनावपछि शेरबहादुर देउवा प्रधानमन्त्री : प्रवक्ता महत

कांग्रेसले ल्याएको चुनावी घोषणापत्र वास्तविक र एमालेको घोषणापत्र हावादारी रहेको प्रवक्ता महतको तर्क।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९

रुपन्देही– कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले जारी गरेको घोषणापत्रमा कार्यान्वयन गर्न सक्ने विषय मात्र राखेको बताएका छन्। बुधबार बुटवलमा रिपोटर्स क्लबले गरेको पत्रकार सम्मेलनमा महतले कांग्रेसले जारी गरेको घोषणापत्र प्रचार गर्नकै लागि नभएर काम गर्न भएको बताए।

National life

‘जे गर्न सकिन्छ, त्यो राख्ने हो। काम गर्न नसक्ने किन राख्ने?’ उनले भने। उनले निर्वाचनपछि सबैभन्दा धेरै सिट कांग्रेसले ल्याउने र त्यसको पार्टी सभापतिको हैसियतमा शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीका रुपमा अगाडि सारिने बताए।

कांग्रेस निर्वाचन प्रचार–प्रसार समिति संयोजकसमेत रहेका प्रवक्ता महतले १६५ सिटमध्ये ९१ सिटमा नेपाली कांग्रेसका उम्मेदवार भएकाले अन्य पार्टीभन्दा धेरै सिट आफ्नो पार्टीको आउने दाबी गरे।

पाँच वर्ष पहिले नेकपा एमालेले जारी गरेको घोषणापत्रमा उल्लेख भएका योजना र अहिले जारी गरिएको घोषणापत्रमा समेटिएका बुँदा जनतालाई झुक्याउनेभन्दा अरु नयाँ केही नभएको उनले आरोप लगाए। 

कांग्रेसले जारी गरेको घोषणापत्रमा रेल चलाउने भनेको आन्तरिक यातायातका लागि दैनिक चल्ने हो। खर्च धान्न नसकिने गरी चलाउन आवश्यक नभएको उनले बताए। उनले भने, ‘हामी ऋण काढेर रेलमा लगानी गर्ने पक्षमा छैनौं।’–रासस

Shivam cement

प्रकाशित: Nov 02, 2022| 16:48 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...