आइतबार, साउन १७, २०८३

७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउँदै कांग्रेस

कांग्रेसको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन केन्द्रीय परिचालन समिति बैठकले जिल्ला–जिल्लामा समन्वय गर्न केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो।
 |  मंगलबार, कात्तिक १५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १५, २०७९

काठमाडौं– नेपाली कांग्रेसले ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी तीव्र बनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने भएको छ। 

कांग्रेसको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९, केन्द्रीय परिचालन समितिको बैठकले जिल्ला–जिल्लामा समन्वय गर्न र चुनावी प्रचार–प्रसार थप व्यापक बनाउन केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो। 

कांग्रेस केन्द्रीय सदस्य एवं समिति संयोजक गोपालमान श्रेष्ठका अनुसार बैठकमा स्थानीय तहदेखि केन्द्रसम्म गठित समिति, उपसमिति र समन्वय समितिलाई प्रभावकारी बनाउने निर्णय भएको छ। उनले पाँच दलीय गठबन्धनलाई सफल बनाउने विषयमा पनि बैठकमा छलफल भएको बताए। 

कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले निर्वाचन लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउने र सबै जिल्लामा गठबन्धनका उम्मेदवार, नेता, कार्यकर्ताबीच समन्वय गर्न केन्द्रबाट प्रतिनिधि पठाउन थालिएको जानकारी दिए। 

कांग्रेस र गठबन्धनमा आबद्ध दलबीच भएको सहमति कार्यान्वयन गर्न पार्टीका सबै तहका संयन्त्रलाई परिचालन गरिएको उनको भनाइ छ।

समिति सचिवालयसहित भ्रातृ एवं शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमिति, अनुगमन मूल्यांकन तथा सुपरिवेक्षण उपसमिति, निर्वाचन सुरक्षा निकाय समन्वय उपसमिति, विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति, निर्वाचन अनुगमन तथा अनुशासन उपसमिति, निर्वाचन आयोग समन्वय उपसमिति, जिल्ला–काठमाडौं सम्पर्क समिति समन्वय उपसमिति र सात वटै प्रदेश परिचालन समन्वय उपसमितिलाई थप प्रभावकारी बनाइने उनले जानकारी दिए।


प्रकाशित: Nov 01, 2022| 11:16 मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...