आइतबार, साउन १७, २०८३

च्याँखेहरूलाई सौदाबाजी गर्न नदिन एमालेलाई भोट : अध्यक्ष ओली

एमाले उम्मेदवार स्पष्ट विचार, सिद्धान्त र विकासको मार्गचित्र लिएर जनतामाझ हिँडेको अध्यक्ष ओलीको बोली।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी र आगामी चुनावमा उठेका उम्मेदवार भूइँफुट्टा नभएको दाबी गरेका छन् ।  बुधबार एमाले काठमाडौं निर्वाचन क्षेत्र–१ ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले एमाले उम्मेदवार स्पष्ट विचार, सिद्धान्त र विकासको मार्गचित्र लिएर जनतामाझ हिँडेको बताए। 

‘एमाले र एमालेका उम्मेदवार भूइँफुट्टा होइनन्, जोसँग अर्को चुनावमा अहिले गरिएका हिसाबकिताब खोज्न सक्नुहुन्छ। त्यसको जिम्मा मेरो’, अध्यक्ष ओलीले भने। ओलीले एक सिट हुनेहरू च्याँखे भएको भन्दै एमाले सरकार ढालें भनेर उफ्रिरहेको बताए। 

विकासका लागि प्रतिबद्ध राष्ट्रिय शक्ति आवश्यक रहेकाले अब बन्ने संसद्मा फेरि च्याँखेहरूलाई सौदाबाजी गर्न नदिन एमालेलाई भोट दिन उनको आग्रह छ।

प्रकाशित: Nov 02, 2022| 13:36 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...