बुधबार, जेठ ९, २०८१

राजनीति-संवाद : यो प्रणालीमा सयौं 'गोकुल बाँस्कोटाहरू' जन्मिरहन्छन्

देशमा शक्तिशाली मान्छेको अपराध अत्यन्त धेरै छ र अप्रमाणित छन्। अदालती प्रोसेसमा अप्रमाणित हुनु, बीचमा सफाइ पाउनु र मोडिनुचाहिँ शक्तिको दुरुपयोग हो। गोकुल बाँस्कोटाहरूबाट भएका राज्य शक्तिको दुरुपयोग रोक्न पनि मेरो उम्मेदवारी हो।
 |  मंगलबार, कात्तिक १५, २०७९

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

मंगलबार, कात्तिक १५, २०७९

फिल्म–निर्देशक मनोज पण्डित यस पटक नयाँ अवतारमा उदाउँदै छन्।  ग्रेटर नेपाल, दासढुंगा, वधशालाजस्ता चर्चित फिल्मका निर्देशक मनोजले आउँदो ४ मंसिरको निर्वाचनका लागि काभ्रे क्षेत्र–२ को प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका छन्। फिल्ममाथि उनको दार्शनिक विचार समेटिएको किताब ‘सिनेमा मन्थन’ पनि प्रकाशित छ। उनको सिनेमा, समाज र राजनीतिको अन्तरसम्बन्धमाथिका अभिव्यक्तिले सार्वजनिक बहसलाई आमन्त्रित गरेका हुन्छन्। स्वतन्त्र उम्मेदवार मनोज पण्डितसँग राजनीति, समाज, सपना र सिनेमाका विषयमा गरिएको संवादः 

triton college

एक सिनेकर्मी चुनावमा उठ्नुपर्ने अवस्था किन आयो?
किन उठेको? किनभने धेरै भो हामी सुतेको। मस्त आराम धेरै भयो। अब उठ्नुपर्ने आवश्यकता महसुस गरेरै उठें। जब समस्याको थाक धेरै हुन थाल्छ र विकल्पहीन अवस्था आउन थाल्छ। ऋनि, अरूबाट समस्या सामाधान नभइसकेपछि आफ्नो समस्या समाधान गर्न आफैँ अगाडि बढ्नुपर्छ भन्ने लागेकै कारण अघि बढ्ने कोसिस गरेको हुँ।

राज्यमा हुने, राज्यका नीतिमा हुने समस्याले हरेक मानिस प्रताडित छन्। त्यो प्रताडितमध्ये म पनि हुँ। म पनि पीडित मान्छे हुँ। पीडाको पनि एउटा चरम बिन्दुमा पुगेसँगै त्यसबाट मुक्ति खोज्न म चुनावमा उठेको हुँ। यसको एक आवरण यो संसदीय चुनाव भयो। तर कुनै न कुनै रूपमा यो विद्रोह प्रस्फुटन हुन्थ्यो। यसलाई सिर्जनात्मक हिसाबले चुनावमा रुपान्तरण गरेको हुँ। यो मेरो विद्रोह पनि हो।

विद्रोह खास कोविरुद्ध, कस्तो स्वरूपको हो? 
विद्रोह त्यस्तो प्रणालीविरुद्ध, जुन प्रणालीमा जनताबाट जनप्रतिनिधि बनेका मान्छेले नै शक्तिको दुरुपयोग गर्छन्। तर राज्यका कुनै पनि निकायले उनीहरूमाथि कारबाही गर्न सक्दैनन्। ती मानिस खुलमखुल्ला छाती पिट्दै ‘मैले गरेको हुँ दुरुपयोग, मलाई कसले के गर्न सक्छ? मलाई कोसँग डर छ?’ भन्न सक्छन्। यो जनतालाई गिज्याउने प्रणाली हो। त्यही प्रणालीविरुद्ध मेरो विद्रोह हो। 

यो घातक प्रवृत्तिको एक स्वरूप काभ्रेका गोकुलप्रसाद बाँस्कोटामा देखियो। तर यो पात्र र प्रवृत्ति देशैभर मौलाइरहेको छ। यो देशमा थुप्रै गोकुल(हरू) छन्। मलाई लाग्यो, अब मैले एउटा प्रश्नबाट विद्रोह सुरु गर्नुपर्छ। अनि सोचें, यहाँको सबैभन्दा शक्तिशाली राजा जो आफू राजा भएर सबैलाई दास बनाइरहेको छ, उहीविरुद्ध किन चुनाव नउठ्ने? त्यस्तो राजाविरुद्ध मेरो विद्रोह हो।

corrent noodles
Metro Mart

यो विद्रोहको परिणति काभ्रेबाट भएकाले काभ्रेका राजा र दरबार भत्कनेछन्। काभ्रे राजाविहीन, दरबारविहीन हुनेछ। दरबार बनिराख्नुको सट्टा अब झुपडीहरू बनिनुपर्छ। दरबार भत्केपछि भुपडीहरूले मुक्तिको सास फेर्नेछन् र आफ्ना झुपडीलाई घरको रूपमा रुपान्तरण गर्छन्। 

तपाईं फिल्म बनाइरहने मान्छे। चुनावमा पसिसकेपछि एउटा लयमा हिँडिरहेको जिन्दगीमा बे्रक लाग्यो। विद्रोह, दास, मुक्तिजस्ता शब्दावली त जसले पनि बोल्न सक्छ। राजनीति गर्नैपर्छ भन्ने कसरी लाग्यो?
म ‘घुस लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने अभिव्यक्ति दिने पृथ्वीनारायण शाहमाथि काम गरिरहेको थिएँ। त्यही सिलसिलामा गोरखा दरबारको आँगनमा थिएँ, जहाँ पृथ्वीनारायणले बालापन बिताएका थिए। त्यो दरबारमा बसेर उनले कसरी यत्रो नेपाल बनाए होलान् भन्ने परिकल्पना गर्दै थिएँ। तर एक जना मान्छेले मेरो कल्पनालाई ठ्याक्कै भंग गरिदियो।

हातको मोबाइल चलाउँदा देखियो–गोकुल बाँस्कोटाको एक भिडियोमा खुलमखुल्ला ‘मैले गर्देको हुँ’, ‘हान्देको हुँ’, ‘कसको बाउको के खाइदेको छु र?’ ‘कसले के गर्न सक्छ?’ भन्ने भाषण गर्दै रहेछन्। भिडियो भाइरल भइरहेको थियो। उनलाई ७० करोड काण्ड लागेको सारालाई जाहेर थियो। तर कारबाही खानुको साटो उनी भनिरहेका थिए– हान्देको हो।

खासमा उनी जनतालाई गिज्याइरहेका थिए र भनिरहेका थिए, ‘मलाई केको डर?’ मलाई तत्काल अनुभूत भयो– मैले त्यो मान्छे, त्यो शक्ति र त्यो प्रणालीसँग विद्रोह गर्नैपर्छ। त्यो छटपटी, त्यो आक्रोशको हलचलै मेरो अहिलेको यो बिन्दु हो। 

बास्कोटा काण्ड प्रमाणित थियो भने उहाँको उम्मेदवारी रद्ध गराउन तपाईं निर्वाचन आयोगमा उजुरबाजुर गर्न सक्नुहुन्थ्यो। त्यो किन नगर्नुभएको? तपाईंको बोलेकै, आरोप लगाएकै कुरालाई जनताले मानिदिनुपर्ने?
यो देशमा शक्तिशाली मान्छेको अपराध अत्यन्त धेरै छ र अप्रमाणित छन्। अदालती प्रोसेसमा अप्रमाणित हुनु, बीचमा सफाइ पाउनु र मोडिनुचाहिँ शक्तिको दुरुपयोग हो। मुख्य कुरा उनको नियतमा छ। उनले जुन कुर्सीमा बसेर राज्यको कार्यक्रमबाट आफूलाई छुट्टै पैसा माग्ने जुन नियत देखियो, राजनीतिको सबैभन्दा महत्त्वपूर्ण पाटो नियत हो। शक्तिको दुरुपयोग नियत हो।

यो देशमा कतिपय केस प्रमाणसहित बाहिर आउँछन्, कतिपय शक्ति दुरुपयोग गरेका घटना अप्रमाणित छन्, जुन हाम्रो दुर्भाग्य हो। प्रमाणित गर्न सक्ने सामथ्र्यको विकास भएको छैन। सबै दल शक्तिशाली अपराध लुकाउन माहिर छन्। अहिलेको क्याबिनेट भ्रष्टाचार गर्न बनेको सबैभन्दा ठूलो अखडा भएको छ। मेरो प्रश्न नियतमाथि हो। नियत बोक्ने मान्छेले खुलमखुल्ला दिने चुनौतीमा मेरो प्रश्न हो। राजनीतिमा जनताले सोच्नुपर्ने कुरा कुन नेतासँग कस्तो नियत छ भन्ने हो। चुकिसकेको नियतलाई अब पखाल्न सकिँदैन। 

तपाईंलाई भोट दिनुपर्ने कारण के छ? जितेर तपाईंले इमान राख्नुहुन्छ, तपाईंको नियत सफा छ भन्ने के छ? तपाईंलाईं कसरी विश्वास गर्ने? के अरू यहाँ दूधले नुहाएका छन्?
यो देशको दुर्भाग्य के भने यहाँ गोकुल बाँस्कोटाजस्ता सयौं गोकुल बाँस्कोटाहरू छन्। उनीहरूबीच आपसमा मिलेमतो छ। यो देशलाई लुटिरहेका छन्। मेरो क्षेत्रमा उनीजस्तै अरू पनि उम्मेदवार छन्। मेरो प्रश्न अर्का प्रतिस्पर्धी शिव हुमागाईंलाई पनि उही हो। दुई पटक सासंद भइसकेर पनि आफूलाई सफल प्रमाणित गर्न नसकेका यस्ता कमजोर पात्रबाट के अपेक्षा गर्नु?, कसरी गर्नु? गोकुल मात्रै होइन, धेरै छन्, दूधले ननुहाएका। 

राजनीतिक पार्टीमा थोरै मान्छेले मात्रै दूधले नुहाएका देख्छु। अधिकांश मान्छे चुकेकै छन्, राजनाीतिमा। त्यसकै परिणति हो, देश आजको अवस्थामा पुग्नु। आज किन गठबन्धन चाहियो? यसको आवश्यकता किन पर्‍यो भन्दा शक्तिमा रहिराख्न र शक्तिको दुरुपयोग गरिराख्न मात्रै हो। यहाँ कुन राजनीतिक दलले आफ्नो आइडोलोजी, सिद्धान्त, क्रियटिभिटीको योजना लिएर जनतासँग पुगेका छन्? यहाँ कसैको पनि नियत प्रस्ट छैन। नियत स्पष्ट नहुने हरेक राजनीतिक दलका प्रतिस्पर्धीको एउटा मात्रै ध्येय के छ भने शक्तिको आडमा आफूलाई लाभ गराइरहनु। गोकुल र शिव दुवैबाट काभ्रेपलाञ्चोक मुक्त हुनुपर्छ भन्ने हो। यी दुवै नालायक हुन् र यिनलाई निरन्तरता दिनु आवश्यक छैन। 

तपाईंले जसलाई ‘नालायक’ देख्नुभयो, मान्छेहरूले तिनलाई लायक देखेका छन् र अत्यधिक मत दिएर विजयी गराएका छन्। तपाईंले कसरी, कुन आधारमा लायक/नालायक छुट्याउनुभयो? तपाईं पनि भोलि सोही नालायकी बाटोमा नहिँड्नुहोला भन्ने के छ आधार?
फेरि पनि मूल प्रश्न नियतमाथि नै छ। शक्तिमा पुर्‍याएर शक्तिशाली भइसकेपछि गोकुलले शक्तिको दुरुपयोग गर्नुभयो। त्यसपछि उहाँ नालायक हुनुभयो। उहाँहरूजस्तै थुप्रै नालायकको साङ्लोले देशलाई कंगाल बनायो। उहाँहरू लायक होइनन्, त्यसकारण नालायक हुन्। उहाँहरू हाम्रो समस्या सामाधान गर्नुको सट्टा समस्या बल्झाउँदै त्यो थपिरहने नालायक हुनुहुन्छ। उहाँहरू लायक हुनुहुन्थ्यो भने अहिले हामीजस्ता मानिस सिनेमा बनाइरहेका हुन्थ्यौं। मलाई यसरी प्रश्न गरेर ठूलो राजनीतिक प्रतिस्पर्धामा आउनु आवश्यक थिएन। 

म लायकबाट नालायकमा परिणत भएको मानिसमाथि प्रश्न गर्ने व्यक्ति हुँ। मलाई जनताले नालायकहरू बदल्छन् भन्ने छ। म चेत भएको मान्छे, जीवनमा नालायक बनेर जनताको विश्वास गुमाउन, तोड्न चाहन्नँ। जनताको शक्तिको सम्पत्ति जुन छ, त्यो गुमाउन चाहन्नँ।  जनताको आशा र भरोसाको जुन सम्पत्ति छ, म त्यो कदापि गुमाउन चाहन्नँ। 

तपाईंको खास भिजन के छ, यो क्षेत्रका लागि?
आजसम्म काभ्रेपलाञ्चोकको कुनै पनि विशेष परिचय छैन। काभ्रे आज असफल जिल्लाका रूपमा नेपालमा परिचित छ। अब काभ्रेलाई सुपरहिट बनाउन मेरो मुख्य उद्देश्य हो। सुपरहिट त्यतिबेला हुन्छ, जब नेपाललाई यो आधारभूत आवश्यकताको जिल्लाको रूपमा हुन्छ।  काभ्रेले उत्पादन गरेर जब निर्यात गर्न थाल्छ, जब देशभरिका आवश्यकतालाई यहाँका उत्पादनले परिपुर्ति गर्न थाल्छन्, त्यसपछि काभ्रेपलाञ्चोक सुपरहिट जिल्ला बन्छ। त्यसका लागि काभ्रे गन्तव्य बन्नुपर्छ।

मेरो ठूलो परिकल्पना गन्तव्य काभ्रे बनाउने नै हो। शिक्षाका लागि गन्तव्य, आइटीका लागि गन्तव्य। क्यान्सर अस्पताल र आइटी पार्क हामीले गुमायौं, जुन दुर्भाग्य हो, हाम्रो। त्यसलाई फिर्ता गर्नु छ। काभे्रको सबैभन्दा ठूलो इतिहासव विरासत ‘बनेपा सात गाउँ’ भन्ने हो। यसलाई चिनाउनु छ। इतिहासमा लेखिएको के छ भने काठमाडौं पानीको एउटा ताल हुँदा बनेपा सहर थियो। त्यो चिनाउन, ऐतिहासिक गन्तव्य बनाउन मेरो भूमिका रहन्छ। काभ्रेसँग उत्पादनको ठूलो सम्भावना छ। हाम्रो पाँचखाल उर्बर भूमि हो, जहाँ अहिले मलबिना कृषकहरू अत्यासमा छन्। नेपालको सबैभन्दा ठूलो मल कारखाना बन्ने सम्भावना काभ्रेमा छ। काभ्रे बत्तिमुनिको अँध्यारो भइरहेको छ। अब काभ्रे आफैं बत्ती बन्छ र देशभरिलाई उज्यालो छर्छ। 

तपाईंको निजी जिन्दगीतिर फर्कौं। तपाईंको खास सपना के थियो?
म सिनेमामार्फत कथा भन्थें। मलाई कथा भन्न एकदमै मन पर्छ। त्यसैले म सिनेमाप्रति लगाव राख्दै गएँ। राजनीतिमाथि मैले सिनेमाहरू बनाउँदै गएँ। एक बिन्दु आयो जीवनकथाले। तर राज्य नीतिले चल्दो रहेछ भन्ने बोध भयो। त्यो नीतिले जीवनका कथाहरू निर्माण गर्दो रहेछ। अब कथाहरूलाई प्रभाव पार्ने नीतिलाई निर्देशन गर्छु भन्ने अठोट लिएँ। म निर्देशन क्षेत्रको मान्छे।

निर्देशनले सही वा गलत बाटो देखाउने भन्ने हुन्छ । गलत बाटोमा देखाए फिल्म फल्प हुन्छ। सिनेमा बिग्रिन्छ। तर सही बाटोमा फिल्म निर्देशन गरियो भने कथा, फिल्म सुपरहिट हुन्छ। अब गलत नीतिले देशलाई फल्प बनाउँछ, सही नीतिले देश बनाउँछ। मलाई देशको नीति सही बनाएर देशलाई सही बनाउनु छ। सही नीतिलाई सही तरिकाले कार्यान्वययन गराएर मेरो काभ्रेलाई सुपरहिट बनाउनु छ। त्यसैले मलाई कथाहरूको पनि महाकथा नीति रहेछ भन्ने थाहा भयो। यसले मेरो जीवनमा आमूल परिवर्तन आएको हो। राजनीतिक परिवर्तन आएको हो। 

गोकुल बाँस्कोटाहरूजस्ता पात्र र प्रवृत्ति देशैभर मौलाइरहेको छ। त्यसका लागि विद्रो गर्नुपर्छ भन्ने लाग्यो र चुनावी मैदानमा होमिएँ। शक्तिशाली राजा जो आफू राजा भएर सबैलाई दास बनाइरहेको छ, उहीविरुद्ध किन चुनाव नउठ्ने? त्यस्तो राजाविरुद्ध मेरो विद्रोह हो।

यसअघि ‘युवामा राजनीतिप्रति वितृष्णा छ, आक्रोश छ’ भनिन्थ्यो तर वर्तमानमा यो माहोलले त्यस्तो संकेत गर्दैन। युवाहरूले राजनीतिक दिशा सही तरिकाले बुझेका छैनन् भनिन्छ। युवाहरूलाई राजनीति पढाउने, बुझाउने कसरी?  

युवा चरित्र भनेको अवसर र सम्भावना हो। युवाहरूभित्र परिवर्तन गर्नुपर्छ भन्ने नियत छ। यस नियतभित्र केही ज्ञान आवश्यक पर्छ। हिजोका दिनमा राजनीतिप्रति जुन अक्रोश थियो, आज त्यो अवस्था छैन। आज जुन पुस्ताहरू राजनीतिमा रुपान्तरित भएर उत्साही छन्, त्यो आजको समय र हाम्रो समाजको महत्त्वपूर्ण उपलब्धि हो। देशप्रतिको प्रेम र सम्भावना खोतल्न आवश्यक छ। राज्यले हरेक व्यक्तिलाई असर पार्छ भन्ने कुरा सिकाउनु, पढाउनु, बुझाउनु आवश्यक छ। 

राजनीति कहाँ बिग्रियो? यसलाई सुधार्ने कसरी?
राज्य भनेको शासन गर्ने निकाय हो। राज्यको शक्ति जनतालाई शासन गरिराख्ने र स्रोत–साधनमाथि आफ्नो हस्तक्षेप गरिराख्ने, आफू अनुकूलका जनतालाई नियन्त्रण गरिराख्नु भन्ने कुरा मात्रै भयो। राज्यको त्यो नियन्त्रण चेतनामाथि सबैभन्दा ठूलो समस्या हो। चरित्रमा शक्तिशाली हुने मान्छे मरिन्जेलसम्म पनि आफू शक्तिशाली बनिराख्ने प्रयत्न गर्छ। त्यो मान्छेको स्वाभाविक प्रक्रिया हो।

राज्यमै निर्भर रहने मानिसले अब वैकल्पिक बाटो खोज्नुपर्छ। यो मुख्य प्रतिस्पर्धा हो। राजनीतिमा शक्तिको प्रतिस्पर्धा हुन्छ। नयाँ पुस्ताले पुरानो पुस्तासँग प्रश्न गरिराख्ने हो। द्वन्द्वात्मक तरिकाले विकास गरिराख्ने कुरा हो। आजको मुख्य आवश्यकता राजनीतिको ज्ञान हो। कुनै पनि समस्याको समाधान गर्न चेतनाको गतिशीलता चाहिन्छ। त्यसैले हाम्रो विगत केही वर्ष त्यसैमा रुमलिएको थियो। यो प्रश्न गर्ने समय हो।

आगामी चुनावमा थुप्रै स्वतन्त्र उम्मेदवार छन्। स्वतन्त्रता एउटा प्रश्न हो। नितान्त राजनीतिमाथिको प्रश्न। जनताले दिएको म्यान्डेट तिमीले सही प्रयोग गरेनौ र जनतालाई वहिष्कार गर्‍यौ। किन? यही हो मेरो प्रश्न। यसको समाधान स्वतन्त्र नै हो। यसले दलहरूलाई पनि शुद्धीकरण गर्छ। स्वतन्त्रको उपस्थिति दलहरूलाई झन् सहज हुने मेरो बुझाइ छ। 

प्रकाशित: Nov 01, 2022| 10:40 मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...