२०७४ सालमा निर्वाचन क्षेत्र पुनरावलोकन हुँदा धनुषामा ४ निर्वाचन क्षेत्र कायम भए। विगतको क्षेत्र नम्बर ५ को अधिकांश भूगोल समेटिएर अहिले धनुषा–४ बनेको छ।
संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिने भएको छ। जबरासँग पूरक प्रश्न गर्न आज बिहान ९ बजे बैठक डाकिएको समितिले जनाएको छ।
सत्ता गठबन्धनका शीर्ष नेताहरु प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गरिरहेका छन्। २ र ३ असोजमा समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाएपछि सिट बाँडफाँटको टुंगो लाग्नेछ।
निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्य स्थगित गर्न र तीन तहका सरकारलाई वैदेशिक भ्रमण नगर्न नगराउन आज निर्देशन दिएको छ।
समिति सदस्य कृष्णभक्त पोखरेलले चोलेन्द्रको सम्पत्ति विवरण माग गरी अध्ययन गर्नुपर्ने बताएपछि समितिको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य रामबहादुर विष्टले फाइल मगाउन सचिवलाई निर्देशन दिएका थिए।
नेकपा एमालेले पवित्र उद्देश्यका साथ पार्टी एकता गरेपनि नेकपा माओवादीले ओली बिरामी भएपछिको अवस्थामा पार्टी कब्जा गर्ने मनशायले एकता गरेर कम्युनिस्ट पार्टीलाई विभाजित गरेको आरोप लगाए।
नेपाल अग्निपथ योजनामा सहभागी हुने/नहुनेबारे राष्ट्रिय सहमति आवश्यक पर्ने हुँदा तत्काल निर्णय हुने सम्भावना नभएको परराष्ट्र प्रवक्ता लम्सालको प्रस्टीकरण।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनका केन्द्रीय सदस्य एवम् जिल्लाका पूर्वअध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’ नेकपा एमालेमा प्रवेश गरेका छन्।
प्रधानमन्त्रीको भनाइ उदृत गर्दै भेटका सहभागीले भने, 'लामो समयदेखि नेपालको निर्यात रोकिएको छ। आयात पनि राम्रोसँग नहुँदा समस्या भएको छ। बेलाबेला हुने नाकाबन्दीले नेपालका व्यापारीहरु मारमा परेका छन्। त्यसको असर...
२०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा देशभरमा सबैभन्दा चर्चामा रहेको निर्वाचन क्षेत्र थियो काठमाडौं–१०। कारण– यो क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुपकमल दाहाल प्रचण्ड चुनावी मैदानमा थिए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन्।
पूर्वशिक्षामन्त्री भएका गिरिराजमणिले २०६४ सालदेखि मेडिकल कलेज स्थापना गर्ने भन्दै जनतालाई झुक्याएका छन् भने अर्कोतर्फ उनका विश्वापात्र र चुनावी रणनीतिकार भनिएका नेता पनि उनीसँग छैनन्।