आइतबार, साउन १७, २०८३

जसपाका प्रदेश सभा उम्मेदवार एमालेमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा) नेपालका कास्की २ ‘ख’ प्रदेश सभा सदस्यका उम्मेदवार धनबहादुर परियार नेकपा एमालेमा प्रवेश गरेका छन्। जसपा नेपाल कास्कीका वरिष्ठ उपाध्यक्षसमेत रहेका परियार एमालेमा प्रवेश गरेका हुन्।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

पोखरा- जनता समाजवादी पार्टी (जसपा) नेपालका कास्की २ ‘ख’ प्रदेश सभा सदस्यका उम्मेदवार धनबहादुर परियार नेकपा एमालेमा प्रवेश गरेका छन्। जसपा नेपाल कास्कीका वरिष्ठ उपाध्यक्षसमेत रहेका परियार एमालेमा प्रवेश गरेका हुन्।

उनलाई एमालेका केन्द्रीय सदस्य तथा कास्की इञ्चार्ज कृष्ण थापा, पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य दिलबहादुर नेपाली, जिल्ला कमिटी कास्कीका कार्यवहाक अध्यक्ष तेजनारायण अधिकारीले बुधबार पार्टीमा औपचारिक रूपमा स्वागत गरेका छन्।

परियारले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएर सोही निर्वाचन क्षेत्रका एमालेका उम्मेदवार मिना गुरुङलाई समर्थन जनाएका छन्।

उम्मेदवार परियारले जारी गरेको प्रेस विज्ञप्तिमा केन्द्रमा एमाले र जसपाबीच चुनावी तालमेल भइसकेको अवस्थामा गण्डकी प्रदेशको नेतृत्वले उचित रूपमा पहलकदमी गर्न नसक्दा प्रदेश तथा कास्की जिल्लामा त्यो काम समयमा हुन नसकेको उल्लेख छ।

‘पार्टीको छाता चुनाव चिन्हमार्फत प्रत्यक्षतर्फको मेरो उम्मेदवारी आजको मितिबाट निस्कृय बनाई म र मेरा शुभेच्छुक शुभचिन्तकको समर्थन एमालेलाई रहेको उद्घोष गर्दछु,’ विज्ञप्तिमा भनिएको छ। एमाले कास्की क्षेत्र नम्बर २ (ख)का प्रत्यक्षतर्फका उम्मेदवार मिना गुरुङसहित सूर्य ध्वजाबाहक सबै उम्मेदवारलाई विजयी बनाएर गण्डकीमा एमालेको नेतृत्वमा सरकार बनाउनु पर्ने उनको धारणा छ।

विज्ञप्तिमा समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि आगामी आम निर्वाचनमा एमालेलाई जिताउन लाग्नसमेत उल्लेख छ।

प्रकाशित: Nov 10, 2022| 08:00 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...