आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गगनले भने : पार्टी र सरकार दुवैतिर नेतृत्व परिवर्तन गर्न मैले जित्नैपर्छ

गगनले भने : पार्टी र सरकार दुवैतिर नेतृत्व परिवर्तन गर्न मैले जित्नैपर्छ

अबको निर्वाचनपछि चुनिएका सांसदले मतदाताको प्रतिष्ठा राख्ने काम नगरे मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थै नरहने थापाको चेतावनी।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

काठमाडौं– कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टी र सरकार दुवैतिर नेतृत्व परिवर्तन गर्न आफू संसद्मा निर्वाचित हुनु अपरिहार्य रहेको बताएका छन्। मंगलबार कांग्रेसको काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिले निर्वाचन क्षेत्र काठमाडौं–४ मा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन्।

National life

महामन्त्री थापाले आफू निर्वाचन जितेर गए कांग्रेसमा मात्रै संसदीय दलको निर्वाचन हुने र मतदाताले चाहेअनुसारको नेतृत्व परिवर्तन सहज हुने दाबी गरे। त्यसका लागि काठमाडौं क्षेत्र–४ का अगुवाले आफूलाई जिताउन बाँकी समय थप जोडबल गर्नुपर्ने उनको भनाइ छ।

संसदीय व्यवस्थामा संसद्मा जिते मात्रै संसदीय दलमा निर्वाचन लड्न पाइने भएकाले त्यसका लागि आफूलाई निर्वाचित गराउन सबैको सहयोग रहने विश्वास उनको छ। आफूलाई सांसदमा निर्वाचन गराएर पठाए १० वर्षमा मुलुकको राजनीतिलाई सुधार गर्ने प्रतिबद्धता उनले जनाए।  

‘बहुमत ल्याउन चाहन्छौं। स्थिर सरकार चलाउन चाहन्छौं। जनतासँग गरिएका वाचा पूरा गर्न चाहन्छौं। जनजीविकासँग जोडिएका विषयलाई सम्बोधन गर्न चाहन्छौं’, उनले भने। 

महामन्त्री थापाले अबको निर्वाचनपछि पनि मतदाताको प्रतिष्ठा राख्ने काम सांसदले नगरे मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था नै नरहने चेतावनी दिए। उनले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनको बहुमत आउने दाबी गर्दै नागरिकमा छाएको निराशालाई आशमा बदल्न नसकिए राजनीतिक दलप्रति थप आक्रोश बढ्ने बताए। 

Shivam cement

प्रकाशित: Nov 08, 2022| 15:34 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...