आइतबार, साउन १७, २०८३

भूकम्पमा परी निधन भएकाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

बुधबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले ६ जनाको मृत्यु भएको र एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको हो।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं- डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएकोप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ। बुधबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले ६ जनाको मृत्यु भएको र एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको हो।

कांग्रेस पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले  विज्ञप्तिमार्फत मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूको आत्माको चिर शान्तिका कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन्।

कांग्रेसले घाइतेको उचित स्वास्थ्य उपचारको व्यवस्थाका साथै पीडित परिवारलाई बसोबास र राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेको छ। बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्पले केही घर भत्किदा ६ जनाको मृत्यु भएको हो।

प्रकाशित: Nov 09, 2022| 20:08 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...