०७४ को निर्वाचनमा विजेता भएका प्रतिनिधिहरूको अयोग्यतादेखि मतगणनाको विवादका मुद्दाहरू सर्वोच्च अदालतको संवैधानिक इजलासमा अल्झेर बसेका हुन्। निर्वाचन आयोगलाई विपक्षी बनाएर ०७४ को प्रदेश र प्रतिनिधिसभासम्बन्धी सर्वोच्च अदालतमा दायर भएका...
एकातिर महाभियोग सिफारिस अनि अर्कोतिर संसद्को कार्यकाल नै सकिनु। यस्तो अवस्थामा राणाले के गर्लान् भन्ने चासो सर्वत्र थियो। यही चासोका बीच राणा सर्वोच्च फर्किने खबर आइतबार बिहानै फैलियो।
स्थानीय निर्वाचनको वडागत मतका आधारमा हेर्दा झापा ५ मा एमाले बलियो देखिएको छ। त्यससँगै एमाले र राप्रपाको चुनावी गठबन्धनले ओलीलाई झनै शक्तिशाली बनाउने आकलन छ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलहरुबीच आरोप प्रत्यारोप गर्नुभन्दा हालसम्म भए गरेका काम र जनअपेक्षाको समीक्षा गर्नुपर्ने बताएका छन्।
नेपालको संविधान जारी भएपछि भएको पहिलो निर्वाचनबाट गठित वर्तमान संसद् दुईपटक विघटन भए पनि पूरा कार्यकाल सञ्चालन हुनु पनि आफैँमा एउटा ठूलो उपलब्धि भएको राजनीतिक दलका नेताहरूको टिप्पणी छ।
संविधानमा उल्लेखित शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप शक्ति सन्तुलन र नियन्त्रणसहितको संवैधानिक सर्वोच्चताको विषय प्रतिनिधिसभाको यो अवधिमा स्थापित हुनु आगामी दिनका लागि मार्गदर्शन सावित हुनेछ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एकीकृत समाजवादका अध्यक्ष माधवकुमार नेपाललाई कटाक्ष गरेका छन्।
प्रतिनिधिसभाको पहिलो कार्यकालको अन्तिम बैठकमा सांसदहरुले नागरिकता विधेयकलाई संघीय संसद्ले दुई-दुई पटक बहुमतले पारित गरेर पठाउँदा पनि प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिको कार्यशैलीप्रति प्रश्न गरेका हुन्। त्यसैगरी प्रतिनिधिसभाको अन्तिम बैठकमा प्रमुख...
एउटै कार्यकालमा दुई–दुई पटकसम्म संसदको विघटन र पुनर्स्थापना सम्भवत: विश्वकै संसदीय इतिहासमा पहिलो परिघटना हो। पूर्ण कार्यकाल चलेको यस प्रतिनिधिसभा आगामी दिनका लागि अनुकरणीय बन्नेछ भन्ने मेरो विश्वास छ।'
सभामुख अग्निप्रसाद सापकोटाले पहिलो कार्यकाल सम्पन्न जानकारी संसद्लाई जानकारी गराएका हुन्। उनले संसद्लाई जीवन्त बनाउन गरिएका पहलहरुप्रति आभार प्रकट गरेका छन्।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले बहानाबाजी नगरी प्रमाणीकरण गर्नुपर्नेमा बताएका छन्।
प्रहरी सेवामा रहँदा राजनीतिक दल निकट पुगेर नेताको नाडी छाम्न भ्याएका पूर्वसुरक्षाकर्मीहरू अवकाशपछि पार्टीहरूलाई रिझाएर प्रदेशसभा र संघीय निर्वाचनमा होमिने तयारीमा छन्।
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद्ले दुई-दुई पटक बहुमतले पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले रोकेकोप्रति आपत्ति जनाएका छन्।