आइतबार, जेठ ३१, २०८३

कपन खहरेको समस्या दुई वर्षभित्रै समाधान गर्ने गगनको प्रतिबद्धता

घरअगाडिको ढल र फोहोर मात्रै नभएर देशकै अगाडि थुप्रिएको फोहोरलाई सफा गर्ने उद्देश्यसहित मत माग्न आएको गगन थापाको धारणा।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं– कांग्रेस महामन्त्री एवं काठमाडौं क्षेत्र–४ का उम्मेदवार गगन थापाले कपन खहरेको समस्या दुई वर्षभित्रै समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। शुक्रबार बूढानीलकण्ठको वडा–१० मा घरदैलोका क्रममा दुई वर्षभित्र खहरेको समस्या समाधान नगरे फेरि भोट माग्न नआउने बताए।

National life

उनले भने, ‘दुई वर्षभित्र यो खहरेको समस्या समाधान गर्न सकेनौं भने अर्को पटक तपाईंहरूका बीचमा मत माग्न आउँदैनौं।’ घरअगाडिको ढल र फोहोर मात्रै नभएर देशकै अगाडि थुप्रिएको फोहोरलाई सफा गर्ने उद्देश्यसहित मत माग्न आएको उनले सुनाए।

कपनको खहरेमा सामान्य वर्षा हुँदासमेत बाढी आउँछ। बर्खाको समय कपनको बाढीले स्थानीयलाई सास्ती हुने गरेको छ। बूढानीलकण्ठ वडा–११ र सोही पालिकाको वडा–१२ हुँदै वडा–१० तिर कपनको खहरे बग्छ। यो समस्या समाधान गर्न बाढी नियन्त्रणका लागि ‘बक्स कल्भर्ट’ बनाउने गरी नयाँ योजना अघि बढे पनि त्यसले अन्तिम रूप पाएको छैन।

आनी गुम्बामा १६ फिटको ‘बक्स कल्भर्ट’ बनाइएको छ। बाढीको समस्या समाधान गर्न उक्त बक्स कल्भर्ट आनी गुम्बादेखि साततलेसम्म बन्नुपर्दछ। माथिल्लो भागमा बक्स कल्भर्ट बन्ने प्रक्रिया सुरु भए पनि तल्लो भागतिर निर्माणले गति लिएको छैन।

प्रकाशित: Nov 11, 2022| 14:14 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...