आइतबार, साउन १७, २०८३

गठबन्धनले एमालेलाई चारैतिरबाट टोक्न खोजेको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले ढोडको वैशाखी टेकेर हिँडेको टिप्पणी गरेका छन्। धरानमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले कांग्रेसलाई समाजवाद भन्ने नै थाहा नभएको टिप्पणी गरे।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले ढोडको वैशाखी टेकेर हिँडेको टिप्पणी गरेका छन्। धरानमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले कांग्रेसलाई समाजवाद भन्ने नै थाहा नभएको टिप्पणी गरे।

‘कांग्रेसले समाजवादको कुरा गर्छ। के हो समाजवाद भन्ने उसलाई थाहा छैन। आफ्नो संगठन छैन। पहिला थियो। अहिले ढोडको वैशाखी टेकेर हिँडेको छ। गठबन्धनको नेतृत्व गरेको कांग्रेस एक्लै चुनाव लड्न र बहस गर्न आउँ। एक्ला-एक्लै लडौँ। देउवाजीलाई एक्लै लड्यो भने एमालेले सिध्याउँछ थाहा छ। कांग्रेसको अब सिंग पुरानो भइसक्यो अब काम छैन,’ उनले भने।

उनले सत्ता गठबन्धनलाई हुँडारजस्तो भएको बताए। एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैँ सकिने ओलीको जिकिर थियो।

उनले भने, ‘पछिल्लोपल्ट त वामपन्थी आन्दोलनलाई थिति, विधि नियमअनुसार होइन। अंग्रेजीमा हाइना भन्छ। नेपालीमा हुँडार भन्छ, त्यसले मारेर शिकार खाने होइन। जिउँदै खान्छ त्यसले। एमालेलाई पनि चारैतिरबाट जिउँदै टोक्ने कोसिस भयो। खुट्टा भेटे खुट्टै, हात भेटे हातै टोक्याछ, टाउको भेटे टाउकै टोक्याछ।’

उनले माधव नेपालको पार्टी पनि राष्ट्रिय पार्टी बन्न नसक्ने दाबी गरे। प्रचण्डलाई पहिल्यै एमाले सिध्याउने कुबुद्धिमा नलाग्ने आग्रह गरिसकेको समेत बताए। मुसोको कथा सुनाउँदै ओलीले प्रचण्ड आफैँ विस्तारै सकिँदै जाने जिकिर गरे।

उनले भने, ‘मैले एकतापछि मेरो छेउमा ल्याएर राखेको थिए। तर, उनले मलाई नै सिध्याउन खोजे। पहिला हामी ३६ सीट जित्ने बनाएका थियौँ। अहिले कांग्रेससँग प्राथना गरेर ४६ सीटमा उम्मेदवारी दिएका प्रचण्ड आफैँ सकिन्छन् विस्तारै।’

प्रकाशित: Nov 11, 2022| 12:55 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...