आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बीपी, गणेशमानलाई बिर्सिएर प्रचण्डपथमा लाग्यो : रवीन्द्र मिश्र

कांग्रेस बीपी, गणेशमानलाई बिर्सिएर प्रचण्डपथमा लाग्यो : रवीन्द्र मिश्र

कांग्रेसले आफ्नो सिद्धान्त भुलेकै कारण देशलाई सही राजनीतिमा लैजान आफूजस्ता पेसा, व्यवसाय अँगालिरहेकाहरू राजनीतिमा हाम फाल्नुपरेको मिश्रको तर्क।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेस बीपी कोइराला र गणेशमान सिंहका सिद्धान्तबाट पछि हटेर माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डपथमा लागेको आरोप लगाएका छन्।

National life

शुक्रबार काठमाडौंको वसन्तपुर डबलीमा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै मिश्रले यस्तो बताएका हुन्। मिश्र काठमाडौं क्षेत्र–१ का प्रतिनिधिसभा उम्मेदवार हुन्।

उनले कांग्रेस बिग्रिएकै कारण आफूजस्ता पेसा, व्यवसाय अँगालिरहेकाहरू राजनीतिमा हाम फाल्नुपरेको बताए। उनले भने, ‘नेपाली कांग्रेस बीपीकरण  र गणेशमानकरण हुनुपर्नेमा प्रचण्डीकरण हुन पुग्यो। सोही कारण मजस्तो पेसामा लागेको मान्छे नेपालको राजनीतिको फोहोर पोखरीमा हाम फाल्नुपरेको छ।’

बहुदलको ३३ वर्ष बितिसक्दा पनि देशको अवस्थामा कुनै परिवर्तन आउन नसक्नुमा नेताहरूकै दोष रहेको उनले औंल्याए। सरकारमा जानेहरूले आफ्नो स्वार्थका लागि न्यायालयलाई गिजोलेको उनको आरोप छ।

प्रकाशित: Nov 11, 2022| 16:44 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...