मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मनीषा कोइरालाले भनिन् – बीपी बालाई कांग्रेसले बिर्से पनि लिङ्देनले सम्झिरहेका छन्

मनीषा कोइरालाले भनिन् – बीपी बालाई कांग्रेसले बिर्से पनि लिङ्देनले सम्झिरहेका छन्

बीपी र राजा महेन्द्रले पूरा गर्न नसकेको सहकार्य राप्रपाको नेतृत्वमा राजसंस्था र हिन्दु राज्य फिर्ता गराएर पूरा गर्ने समय आएको मनीषाको दाबी।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं–  बीपी कोइरालाकी नातिनी तथा अभिनेत्री मनीषा कोइरालाले बीपीको आदर्शलाई कांग्रेस र अरूहरूले बिर्से पनि राप्रपा र यसका अध्यक्ष राजेन्द्र लिङ्देनले पछ्याइरहेको दाबी गरेकी छन्। शुक्रबार पोखरामा भएको राप्रपाको जनसभालाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएकी हुन्।

उनले तत्कालीन राजा महेन्द्र र बीपीबीच राम्रो सम्बन्ध हुँदाहुँदै पनि मुलुकले ठूलो अवसर गुमाएकाले बीपीलाई सम्झेर राप्रपालाई भोट दिन मतदातालाई आग्रह गरिन्।

उनले भनिन्, ‘कांग्रेसले, सबैले बीपीलाई बिर्सेलान् तर राजेन्द्र लिङ्देनले बिर्सनुभएको छैन। राजसंस्था र बहुदलीय व्यवस्थाले मुलुकलाई सुदृढ गर्छ भनेर बीपीबाले देखाएको राष्ट्रिय मेलमिलापको बाटो उहाँले उठाउनुभएको छ। त्यस कारण मैले राप्रपालाई समर्थन गरेकी हुँ। उहाँका सबै कुरा असाध्यै ठीक छन्। भ्रष्टाचार गरे आमाको रगत खाएसरह हो भन्ने कुराले प्रभावित बनाएको छ।’

मनीषाले बीपी र राजा महेन्द्रले पूरा गर्न नसकेको सहकार्य राप्रपाको नेतृत्वमा राजसंस्था र हिन्दु राज्य फिर्ता गराए पूरा गर्ने समय आएको सुनाइन्।

प्रकाशित: Nov 11, 2022| 17:12 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...