आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचनपछि भृकुटी कागज कारखाना सञ्चालनमा ल्याउँछौं : डा. शशांक कोइराला

निर्वाचनपछि भृकुटी कागज कारखाना सञ्चालनमा ल्याउँछौं : डा. शशांक कोइराला

यसअघिका कार्यकाल संविधान निर्माण र कार्यान्वयनका काममा खर्चिएकाले चौथोपल्ट भोट दिएर जिताउन नवलपुरबासीलाई नेता शशांकको आग्रह।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

काठमाडौं– कांग्रेस केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. शशांक कोइरालाले निर्वाचनपछि भृकुटी कागज कारखाना सञ्चालन र श्रमिकका समस्या समाधान गरिने प्रतिबद्धता जनाएका छन्।

शनिबार गैंडाकोटमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता कोइरालाले नेपालकै ठूलो भृकुटी कागज कारखाना बन्दावस्थामा रहेकाले यसको समस्या छिट्टै समाधान हुने बताएका हुन्। उनले भने, ‘जीर्ण कारखाना र त्यहाँ कार्यरत कर्मचारीको समस्या समाधान गर्न गम्भीरतापूर्वक लागिपरेको छु। चुनावलगत्तै समस्या समाधान हुनेछ।’

केही वर्षअघि मात्रै रुग्ण उद्योगबारे सरकारलाई सुझाव दिन गठित समितिले निजीकरण भएको ३१ वर्षपछि भृकुटी कागज कारखानाको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सुझाव दिएकाले जग्गा फिर्ता गराउने पहल भइरहेको उनले स्पष्ट पारे।

‘उद्योग भएको स्थानमा स्थानीयबासीसँग छलफल गरी खाली जग्गा उपभोगमा ल्याइनेछ’, उनले भने, ‘रुग्ण उद्योगबारे गम्भीतापूर्वक लागिपरिनेछ ।’ राजनीतिक स्थिरताका लागि बहुमत आवश्यक भएकाले कांग्रेसले बहुमत पाए स्थिरतासहितको विकास दिइने उनले बताए।

आफू चौथो पटक नवलपुरका जनताको प्रतिनिधित्व गर्न अगाडि बढेको उल्लेख गर्दै नेता कोइरालाले यसअघिका कार्यकाल संविधान निर्माण र कार्यान्वयनका काममा खर्चिएको सुनाए।–रासस

प्रकाशित: Nov 12, 2022| 11:51 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...