आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • शिक्षा, स्वास्थ्य, पर्यावरण र रोजगार सिर्जना प्रमुख एजेन्डा हो : प्रकाशमान सिंह

शिक्षा, स्वास्थ्य, पर्यावरण र रोजगार सिर्जना प्रमुख एजेन्डा हो : प्रकाशमान सिंह

काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले आफ्नो प्रमुख चुनावी एजेण्डा शिक्षा, स्वास्थ्य, पर्यावरण र रोजगार सिर्जना गर्नु रहेको बताएका छन्।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले आफ्नो प्रमुख चुनावी एजेण्डा शिक्षा, स्वास्थ्य, पर्यावरण र रोजगार सिर्जना गर्नु रहेको बताएका छन्। काठमाडौं १ मा घरदैलो कार्यक्रममा सिंहले आफ्नो जितले शिक्षालाई आधुनिकीकरण र रोजगारमुखी बनाउने बताएका हुन्।

उचित कानुन निर्माण गरेर बेरोजगारलाई रोजगारमा परिवर्तन गर्न देशैभरी प्राविधिक शिक्षालाई जोड दिने उनले बताए।  सिंहले युवालाई स्वरोजगार बनाउन सरकारकोतर्फबाट विभिन्न ट्रेनिङ सेन्टर खोल्नुपर्ने बताए।

सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरलाई डिजिटलाइजेसन गर्दै शिक्षा क्षेत्रमा रहेको खाडल पुर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ थियो। नेता सिंहले काठमाडौं क्षेत्रका नदी, नालाको पर्यावरण सुधारमा विगतदेखि गर्दै आएको कामलाई निरन्तर रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाए।

मतदाताहरु विगतमा आफ्ना कामबाट खुशी भएको दाबी गर्दै उनले पानीको समस्याबारे जनताको गुनासो सम्बोधन गर्न आफू तयार रहेको बताए। मेलम्चीको पानी जतिसक्दो चाँडो ल्याउने कोशिश भइरहेको भन्दै उनले पानीको समस्या अन्त्यका लागि काठमाडौंका नदीलाई संरक्षण गर्न वैकल्पिक स्रोत तयार गर्ने सम्बन्धमा काम भइरहेको बताए।

प्रकाशित: Nov 12, 2022| 13:01 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...