आइतबार, साउन १७, २०८३

स्वर्णिम वाग्लेले भने : आगामी निर्वाचनपछि गगन थापा प्रधानमन्त्री

थापालाई प्रधानमन्त्री बनाउन सके १० वर्षभित्र मुलुकमा ठूलो परिवर्तन आउने वाग्लेको दाबी।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

काठमाडौं– कांग्रेस महामन्त्री गगन थापा आगामी ४ मंसिरको निर्वाचनपछि प्रधानमन्त्री बन्ने अर्थविद् स्वर्णिम वाग्लेले दाबी गरेका छन्। शनिबार काठमाडौं क्षेत्र–४ मा आयोजित थापाको चुनावी कार्यक्रममा सहभागी अर्थविद् वाग्लेले मुलुकको प्रधानमन्त्री बन्न थापा सक्षम रहेको बताएका हुन्। 

थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोहीअनुसारको आफूजस्तै विज्ञको टिम रहेको वाग्लेको भनाइ छ। थापालाई प्रधानमन्त्री बनाउन सके १० वर्षभित्र मुलुकमा ठूलो परिवर्तन आउने उनको धारणा छ।

उनले भने, ‘अब पुराना पुस्ताका नेताको योगदानको सम्मान गर्दै नयाँ नेतृत्वबाट मुलुकलाई अघि बढाउन सबै लाग्नुपर्छ। यसपालि उहाँहरू (पुराना नेता)ले जहाँसम्म नेपाललाई लिएर आउनुभएको छ। त्यसका निम्ति धन्यवाद दिने र अबको यात्रा नयाँ पुस्ताबाटै ड्राइभ गर्ने खाले राजनीतिक प्रक्रियामा गएका छौं।’

थापालाई फेरि मन्त्री, उप–प्रधानमन्त्री र प्रधानमन्त्री नै बनाउन सकियो भने सामाजिक सुरक्षा प्रत्याभूतिले मूर्त आकार लिने वाग्लेको जिकिर छ।

मुलुकको प्रधानमन्त्री बन्न लायक उम्मेदवार थापालाई काठमाडौं क्षेत्र–४ का जनताले जिताएर पठाइदिए निकट भविष्यमै प्रधानमन्त्री बनेको देख्न सकिने दाबी वाग्लेको छ। उनले भने, ‘अबको ५–१० वर्षभित्रै देखिने गरी मुलुकलाई गति दिने गरी काम हुन्छ। हामी कहीँ बिक्दैनौं। कसैले किन्न सक्दैन। आफैं सक्षम भएकाले कसैका गोटी बन्दैनौं।’

प्रकाशित: Nov 12, 2022| 14:54 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...