आइतबार, जेठ ३१, २०८३

चिनियाँ उपविदेशमन्त्री ली नेपालमा

चिनियाँ उपविदेशमन्त्री ली चुन पाँच दिने नेपाल भ्रमणका लागि काठमाडौं आएका छन्।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

काठमाडौं- चिनियाँ उपविदेशमन्त्री ली चुन पाँच दिने नेपाल भ्रमणका लागि काठमाडौं आएका छन्। राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासनका निर्देशकसमेत रहेका संस्कृति तथा पर्यटन उपविदेशमन्त्री ली चुन गएराति नेपाल आएका हुन्।

National life

पाँच दिने भ्रमणका क्रममा ली ले २०७२ सालको भूकम्पपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण गर्ने छन्। उनको भ्रमणको बारेमा नेपाल सरकारले औपचारिक रुपमा जानकारी गराएको छैन।

२०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएका वसन्तपुर दरबार क्षेत्रलगायतका सम्पदा चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको छ। 

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मुखैमा भएको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। चीनमा सीपीसीको २०औँ महाधिवेशनपछि  बेइजिङबाट उच्च स्तरमा पहिलो भ्रमण भएको हो।

प्रकाशित: Nov 12, 2022| 08:50 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...