आइतबार, जेठ ३१, २०८३

केपी ओलीकै कारण कांग्रेस–माओवादी एक ठाम : अध्यक्ष प्रचण्ड

केपी ओलीलाई दोस्रोपल्ट आफैंले प्रधानमन्त्री बनाएकाले तेस्रोपल्ट प्रधानमन्त्री बनेर देखाउन दाहालको चुनौती।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका क्रममा नेपाली कांग्रेस र माओवादी आमनेसामने भए पनि केपी ओलीकै कारण एक ठाउँ आइपुगेको बताएका छन्। बुधबार दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावीसभालाई बुधबार सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। 

National life

उनले भने, ‘हिजो युद्धमा माओवादी र कांग्रेस आमनेसामने थिए। केपी ओली सुध्रिए भनेर पार्टी एकता र गठबन्धन गरियो तर संविधान मास्न ढुकेर बसेका रहेछन्। जनताका अधिकार खोस्न बसेका रहेछन्।’ उनले ४ मंसिरको निर्वाचन नेपाली जनताका लागि जीवनमरणको लडाइँ भएको सुनाए। 

‘संविधानको रक्षा गर्ने र उल्ट्याउनेबीच संग्राम हुँदै छ ४ मंसिरमा। एकातिर संविधान जोगाउने र अर्कातिर संविधान विरोधी गठबन्धन छ। संविधान च्यात्ने र लोकतन्त्रको हत्या गर्ने गठबन्धन ओलीको नेतृत्वमा छ। यो निर्वाचन लोकतन्त्र र लोकतन्त्रविरोधीको बीच हुँदै छ,’ प्रचण्डले भने। 

ओलीले व्यवस्था उल्ट्याउन खोजेपछि हिजो युद्धमा भिडेको कांग्रेससँग मिल्नुपरेको उनले दाबी गरे। ‘ओलीले अहिले बहुमत चाहियो भन्दा मलाई लाज लाग्छ। दुई तिहाइ बहुमतको सरकार विघटन गर्ने, संसद् विघटन गर्ने ओली अब कुन नैतिकताले जनतासँग बहुमत माग्छन्? ओलीलाई मेरो चुनौती तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउन् भन्ने हो,’ उनले भने।

प्रकाशित: Nov 09, 2022| 14:57 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...