आइतबार, जेठ ३१, २०८३

निर्वाचनपछि देउवाकै नेतृत्वमा गठबन्धन सरकार बन्छ : डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशमा संविधानको रक्षा, स्थिरता र समृद्धिलाई जोड्न सत्ता गठबन्धनको नेतृत्वको आवश्यकता रहेको बताएका छन्।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

मकवानपुर- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशमा संविधानको रक्षा, स्थिरता र समृद्धिलाई जोड्न सत्ता गठबन्धनको नेतृत्वको आवश्यकता रहेको बताएका छन्। 

National life

मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा डा. महतले आगामी निर्वाचनपछि सत्ता गठबन्धनको नेतृत्व पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नै गरे बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व सहिष्णु नभएकाले सो पार्टीले देश र संविधानको रक्षा गर्न नसक्ने बताउँदै निर्वाचनपछि पनि देउवाकै नेतृत्वमा वाम लोकतान्त्रीक सरकार बन्ने उनको दाबी छ।

‘ओली जीको नेतृत्व देशलाई जोड्ने प्रकृतिको छैन । उहाँको नेतृत्व सहिष्णु पनि छैन,’ उनले भने। डा. महतले अघिल्लो निर्वाचनमा नेकपाले पाँचवर्षे म्यान्डेट प्राप्त गरेपनि त्यसलाई जोगाउन नसकेको बताए।

केपी आली कै कारण देशमा राजनीतिक अस्थिरता बढेको बताए। एमाले नेतृत्वको सरकार रहदाँ देशमा थुप्रै प्रकारका संकटहरु उत्पन्न भएको र त्यसको असर अहिले देखापरेको उनको भनाइ छ।

Shivam cement

उनले देशमा विकासको गति बढाउन गठबन्धनले जित्न जरुरी रहेको औंल्याए। उनले मिश्रित निर्वाचन प्रणाली भएका कारण कुनै पनि दलको बहुमत नआउने भएका कारण गठबन्धन गर्नुपरेको बताए। ‘चुनावपश्चात् गठबन्धन गर्नुभन्दा अहिले लय मिलेकै समयमा गरौं भनेर अगाडि बढेका हौं,’, उनले भने।

निर्वाचनपश्चात् बन्ने सरकारको नेतृत्व गर्ने विषयमा सत्तारुढ गठबन्धनभित्र सहमति भइनसकेको उनको भनाइ छ। उनले आगामी सरकारको नेतृत्व प्रधानमन्त्री देउवा वा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भन्ने विषयमा कुनै औपचारिक निर्णय वा सहमति नभएको उनले प्रष्ट पारे।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै ९१ मा कांग्रेस एक्लैले उम्मेदवारी दिएको कारण पनि कांग्रेसले गठबन्धनको नेतृत्व गरिरहेको प्रष्ट हुने उनको भनाइ थियो।  

प्रकाशित: Nov 08, 2022| 13:08 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...