आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन बुथ र मतपेटिकामा नजर लगाउन एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आग्रह

निर्वाचन बुथ र मतपेटिकामा नजर लगाउन एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आग्रह

सत्ता गठबन्धन दलले चुनावमा जाँदा छुट्टाछुट्टै घोषणापत्र बनाएकाले जनतालाई अलमलमा पारेको ओलीको आरोप।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओलीले आगामी ४ मंसिरको निर्वाचनमा गठबन्धनबाट मतपेटिका यताउति गर्न सक्ने सम्भावना देखिएकाले त्यसको निगरानी गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। बुधबार झापामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले यस्तो आग्रह गरेका हुन्।

National life

ओलीले भने, ‘हाम्रा साथीहरुले निर्वाचन र बुथ प्रतिनिधि के–के खटाउनुपर्छ, चनाखो भएर खटाउनुस्। गठबन्धन सरकारले जे पनि दुष्कर्म गर्न सक्छ। गैरकानुनी र लोकतन्त्र विरोधी क्रियाकलाप गर्न नदिने पहरेदारी एमालेले गर्नुपर्छ।’

उनले सत्ता गठबन्धनले जनता अल्मल्याउने मात्रै काम गरेको बताए। फरक–फरक घोषणापत्र ल्याएर गठबन्धनले जनतालाई अलमलमा पारेको ओलीको दाबी छ।

‘कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी (एस) को छुट्टाछुट्टै घोषणापत्र छ। कुन घोषणापत्र लागू हुने हो?,’ ओलीले भने, ‘यो जनतालाई अलमलमा पार्ने काम मात्रै हो,’ ओलीले भने। ४ मंसिरको निर्वाचनमा एमालेलाई विजयी गराउन उनले मतदातालाई अपिल गरे।

प्रकाशित: Nov 09, 2022| 17:09 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...