बिहीबार, पुस १७, २०८२

कांग्रेस (विपी) को घोषणापत्र: पूर्वाधार विकासमा जोड

नेपाली कांग्रेस (विपी) ले मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ।
 |  बिहीबार, कात्तिक २४, २०७९

रासस

रासस

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं- नेपाली कांग्रेस (विपी) ले मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ।

National life

नेपाली कांग्रेस (विपी) ले बुधबार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आठ पेजको घोषणापत्र सार्वजनिक गरेको हो।

नेपाली कांग्रेस (विपी) ले घोषणापत्रमा उद्योग, सडक पूर्वाधार, हवाई सेवा, खानेपानी, सरसफाइ, ऊर्जा, वैकल्पिक ऊर्जा, कृषि, सिँचाइ, पर्यटन, कला, साहित्य संस्कृतिलाई प्राथमिकता दिएको छ।

यस्तै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्दै आमसञ्चारमा सबै नेपालीको सहज पहुँच पुर्‍याउन सर्वसुलभ, भरपर्दो र गुणस्तरीय सूचना उपलब्ध गराउने, संविधानलाई गतिशील राजनीतिक दस्तावेजको रूपमा स्वीकार्ने बताएको छ।

उक्त पार्टीले जननायक विश्वेश्वरप्रसाद कोइरालाको सोचाइअनुरुप उत्पादन वृद्धिसँगै स्रोत र साधनको न्यायोचित वितरण नै पार्टीको मूल आर्थिक नीतिको रूपमा प्रस्तुत गरेको छ।

Laxmi sunrise bank

देशको राजस्व बढाउन करको दायरा बढाउन न्यायोचित नीति अपनाइने घोषणापत्रमा उल्लेख छ। यस्तै राजस्व सङ्कलन प्रक्रिया प्रविधिमैत्री, पारदर्शी र चुहावटमुक्त बनाइने र आगामी पाँच वर्षभित्र वार्षिक २५ लाख पर्यटक देशभित्र भित्र्याउने लक्ष्यका साथ आवश्यक पूर्वाधार निर्माण गरिने प्रतिबद्धता गरेको छ।

आगामी पाँच वर्षभित्र हुलाकी, मध्यपहाडी र निजगढ–काठमाडौँ द्रुर्तमार्गको निर्माणकार्य सम्पन्न गर्ने र विद्युतीय यातायातलाई प्रोत्साहन गरिने घोषणापत्रमा उल्लेख छ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री देवेन्द्रप्रकाश पौडेलले नेपाली कांग्रेस विपीले ७८ सिटमा प्रत्यक्ष र एक सय ७३ सदस्य समानुपातिक प्रणालीमा उम्मेदवारी दिएको बताए।

पार्टीले देशको सबै क्षेत्रलाई समेटेर घोषणापत्र निर्माण गरेको उनको भनाइ थियो। पार्टीका उपसभापति रीता खनालले नेपाली कांग्रेस (वीपी)ले निर्माण गरेको घोषणापत्रका आधारमा पार्टीले काम गर्ने बताइन्।

उनले जनताका समस्या समाधानका लागि नेपाली कांग्रेस (वीपी) सधैँ लाग्ने पनि बताइन्।

प्रकाशित: Nov 10, 2022| 09:06 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...